Header Ads

को हुन् यी माता ? जसले पारस र हिमानी लाई सँगै बस्न दिइनन् थाहा पाईराखौं

काठमाडौं, चैत २८ । चार बर्षको कष्टपूर्ण थाइल्याण्ड बसाईपछि नेपाल फर्केका पूर्वयुवराज पारस शाहलाई पारिवारिक सुख मिल्न सकेको छैन । कहिले बुवा पूर्वराजा ज्ञानेन्द्रले आफु बद्नाम हुने आशंकामा निर्मल निवास छिर्न नदिएको समाचारले बाहिर आउँछ भने कहिले पूर्वयुवराज्ञी हिमानीसँगको सम्बन्ध बिग्रेको समाचार बाहिर आउँछ । तर पनि परिवारभन्दा बाहिर बसेका पारस यतिबेला ग्रहदशा कटाउन मन्दिर धाइरहेका छन् ।

पत्नी हिमानी पारस नेपाल फर्केको दोस्रो दिनमै एक महिना बसाईका लागि भारत हिडेपछि पति–पत्नीको सम्बन्धमा थप आशंका उत्पन्न भएको छ । तर निर्मल निवास स्रोतका अनुसार तथ्य भने फरक छ ।दुई साताअघि निर्मल निवासमा एक मातालाई निम्त्याइयो । २३ वर्षीया एक कुमारी माताले हिमानी र पारससँग बस्दा अनिष्ट हुने भविश्यबाणी गरिन् । उनकै भविश्यवाणीका आधारमा पारस निर्मल निवास प्रवेश गर्न पाएका छैनन् ।

ज्योतिषीय सिद्धान्तअनुसार पारस र हिमानीको अहिले ग्रह नमिलेको कुमारी माताले ठोकुवा गरिन् । ‘सरकारहरू साथमा नभएकै राम्रो’ हिमानीको हात हेर्दै ती माताले भनिन् ‘सँगै बस्दा ठूलै अनिष्टको खतरा छ, अलग्गिएर बस्नु सुखद् छ ।’ ती २३ बर्षीया माता हुन् सविता आचार्यले । उनै माता सरुका नामबाट प्रख्यात छन् । धनकुटाकी स्थानीयवासी कुमारी माताले यसअघि ससुराको पनि ग्रहदशा हेरेकी थिइन् ।

ज्ञानेन्द्रलाई छोरोबाट फलिफाप नहुने कुरा उनैले नै भविश्यबाणी गरेकी थिइन । र, अहिले हिमानीको ग्रहदशा हेर्दा पनि ससुराको झैँ योगफल देखिएको उनले बताइन । माताले संगै बसे अनिष्ट हुने बताएपछि हिमानी एक महिनाका लागि भारत पुगेको हुन् । पति पारस चार बर्षपछि नेपाल फर्किने कार्यक्रम तय भएपछि हिमानी आफैँले स्वकीय सचिव स्मृति शाहमार्फत कुमारी माता सरुलाई निर्मल निवास बोलाएकी थिइन । माताले हिमानीको ग्रहदशा हेरन् ।

 ‘सरकारको त राजयोग नै छ’ माताले भनिन्, ‘सरकार त महारानी नै हुने योग छ ।’ तर, हिमानीले ‘महारानी’ बन्ने कुरा स्विकारिनन् । ‘महारानी बन्नु छैन, राम्रो बन्न पाए पुग्छ ।’ माताले निर्मल निवासमा बास्तु दोष देखाइन् ।

 केही समयअघि ज्ञानेन्द्र गम्भीर बिरामी हुनु र निर्मल निवासमा बस्नेहरूमा बेलाबेला शारीरिक समस्या, मानसिक असन्तुलन देखिनुजस्ता कुराका पछाडि वास्तुदोष रहेको पहिल्याइन्, । निर्मल निवासमा लगाइएको रंग, प्रवेशद्वार, शयनकक्षजस्ता कुरामा त्रुटि आँल्याइन् ।-स्रोत/हाम्रो संदेशबाट
Powered by Blogger.