Header Ads

गायक रामजी नेपाली माथि एमालेका कार्यकर्ता द्धारा आक्रमण

बागलुङ, चैत्र २८ । बागलुमा नेकपा एमालेका कायकर्ताको आक्रमणबाट गायक रामजी नेपाली घाइते भएका छन् । शुक्रबार बागलुङ नगरपालिका—९ भिरलाङखुरी स्थित आफ्ना काका जंगबहादुर नेपालीको घरमा बसिरहेको अवस्थामा नेपालीमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको घाइतेका आफन्तले जनाएका छन् ।

 बागलुङ क्षेत्र नं १ को उपनिर्वाचनको अघिल्लो दिन नेकपा एमालेका कार्यकर्ता आक्रमणमा उत्रिएको नेपाली कांग्रेसले जनाएको छ । घाइते नेपालीलाई जिल्ला प्रहरी कार्यालय, बागलुङबाट खटिएको प्रहरी टोलीले उद्दार गरी अस्पताल ल्याएको हो ।

घाइतेको धौलागिरी अञ्चल अस्पतालमा सामान्य उपचार पश्च्यात थप उपचराका लागि पोखरा रेफर गरिएको छ । घरमै बसरहेको अवस्थामा एमाले कार्यकर्ताले आक्रमण गरेर गम्भिर घाइते बनाएको नेपालीका काका रमेश नेपालीले बताए ।

गायक नेपालीले नेपाली कांग्रेसका स्वर्गीय सभासद हरि बहादुर खड्काको स्मृतिमा र कांग्रेस उमेद्वार चम्पादेवी खड्काको पक्षमा मत माग्न एल्मब बनाएर चुनावी अभियानमा गीत गाउँदै हिँडेका थिए ।

नेकपा एमालेका कार्यकर्ता विदुर बोहोरा, दिपु बोहोरा, सुनिल के.सी., टक बहादुर बोहोरा, कर्ण बहादुर बोहोराको समुहले नेपालीमाथि आक्रमण गरी घाइते बनाएको नेपाली कांग्रेसका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले बताए । ‘नेकपा एमालेका कार्यकर्ताले गायक नेपाली माथि आक्रमण गरेको उपाध्यायले बताए ।

एमालेका जिल्ला अध्यक्ष श्रीप्रसाद शर्माले स्थानीय साथीहरुबीच सामान्य धकेलाधकेल भएको बताए । घटनाको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय, बागलुङका प्रहरी नायब उपरिक्षक प्रेम बस्नेतले बताए ।
Powered by Blogger.