Header Ads

१७ जना गर्लफ्रेन्ड एकैसाथ भेटिएपछि…अब के भो त ?

एजेन्सी, चैत २५ । चीनमा भर्खरै भएको एउटा सडक दुर्घटनाले एकै समयमा १७ जना महिलासँग ‘डेट’ गरिरहेका चिनियाँ ‘प्लेब्वाई’को भण्डाफोर भएको छ ।

 ती व्यक्ति दुर्घटनामा परेको खवर पाएपछि उनको अवस्था बुझ्न यी १७ जना युवती अस्पताल पुग्दा आफूहरुलाई तिनले झुक्याइरहेका थाहा पाएका हुन् । समचारका अनुसार चाङसा सहरमा बस्ने युआन नामक यी व्यक्तिले सबै महिलासँग एकैपटक डेट गरिरहेका थिए ।

उनको एकजना गलफ्रेन्डसँन्ग एउटा छोरा पनि छ । उनीहरुमध्ये कोहहीसँग उनको महिनौंदेखि सम्बन्ध थियो भने केहीसँग वर्षाैंदेखि । दुर्घटनामा परेर अस्पताल पु¥याइएपछि चिकित्सकहरुले उनको परिवारजन र प्रियजनसँग सम्पर्क गर्दा उनको पोल खुलेको हो ।

 ‘उनी अस्पताल भर्ना भएको थाहा पाएपछि म निकै चिन्तित भएको थिएँ । तर अस्पताल पुग्दा एकएक गरी सुन्दरी केटीहरु देखेपछि म रुन थालेँ’, उनकी एक केटीसाथीले भनिन् । राजधानी दैनिकबाट
Powered by Blogger.