बल क्याच गर्ने क्रममा घाइते भएका क्रिकेटरको मृत्यु
कोलकाता । क्रिकेट प्रतियोगिाका क्रममा बल समात्ने क्रममा आफ्नै साथीसँग ठोक्किएर घाइते भएका भारतीय क्रिकेटर अंकित केसरीको निधन भएको छ।
शुक्रबार कोलकाताको यादवपुर मैदानमा भएको एउटा क्रिकेट प्रतियोगितामा अंकित घाइते भएका थिए ।
भवानीपुर क्लवविरुद्धको प्रतियोगितामा अंकित बल समात्ने कोशिस गर्ने क्रममा आफ्नै सहकर्मी सौरभ मण्डलसँग डोक्किएका थिए । मण्डलसँग ठोक्किएर घाइते भएका केसरीको उपचारका क्रममा मृत्यु भएको हो । अस्पतालले उनको मृत्यु हृदयघातका कारण भएको जनाएको छ।
२८ अक्टोबर १९९४ मा जन्मिएका अंकित केसरी बंगाल अन्डर–१९, इष्ट जोन अन्डर–१९, क्रिकेट एसोसिएसन अफ बंगाल इलेभन र बंगाल अन्डर–२३ को तर्फबाट विभिन्न प्रतियोगितामा भाग लिएका थिए । २० वर्षीय केसरी दायाँ हातका ब्याट्सम्यानका रुपमा अहिलेसम्म ४७ वटा प्रतियोगिता खेलेका थिए ।
घाइते केसरीलाई सुरुमा अपोलो अस्पताल भर्ना गरिएको थियो । पछि उनलाई नाइटिंगेल अस्पतालमा रिफर गरियो । यसो किन गरियो भन्ने स्पष्ट भएको छैन ।
अपोलोको तुलनामा नाइटिंगेल अस्पतालमा उपचारमा आधुनिक सुविधा निकै कम रहेको बताइएको छ। यसलाई लापरबाहीका रुपमा लिइएको छ। एजेन्सीको सहयोगमा