Header Ads

प्रहरीको लाठी प्रहारबाट सीके राउत घाइते

काठमाडौं, चैत २२ । झापाको राजगढ बजारमा भएको आमसभामा प्रहरी हस्तक्षेप गर्दा प्रहरीको लाठी प्रहारबाट सिके राउत लगायत दर्जनौं कार्यकर्ता कार्यकर्ता घाइते बनेका छन् । स्वतन्त्रत मधेश गठबन्धका उप संयोजक कैलाश महतोले दिएको जानकारी अनुसार डा. राउतको कार्यक्रम विथोल्ने उद्देश्यका साथ प्रहरीले कार्यक्रममा हस्तक्षेप गरेको थियो ।

‘हामीले जलेश्वरमा कार्यक्रम राखेदेखि नै राज्यले विभिन्न वाहानामा हाम्रो शान्तिपूर्ण कार्यक्रम विथोल्ने काम गर्दै आएको छ । हिजो सरकारको नांगो नाचको पराकाष्टा थियो,’ उनले भने । प्रहरीले कार्यक्रममा कालो वर्णको मानिस देख्ने बित्तिकै पक्राउ गर्ने काम गरेर रंगभेदी चरित्र देखाएको आरोप समेत लगाए । प्रहरीले कार्यक्रम विफल पार्नका लागि सिके राउत लगायतका कार्यकर्ताहरुलाई पक्रेर दिनभर हिरासतमा राखी राती मात्र छाडेको थियो ।

प्रहरीले लाठी प्रहार गर्ने क्रममा घाइते बनेका राउतलाई मेची अस्पतालमा लगेर प्रहरीले उपचार गरेको थियो । प्रहरीले रिहा गरेपछि राउत यतिबेला राजविराज फर्किएका छन् । प्रहरीले डा. परमेश्वर मुरमू, डा. संजय साह, राम बिलाश मेहता, सरोज शर्मा, विशेश्वर मण्डल, तबरेज आलम, तपेश्बर लाल कर्ण, आशा झा, आशोक मेहता, जिबन गुप्ता, श्यामानन्द शर्मा, छोटेलाल सोरेन लगायत दर्जनौ लाई नियन्त्रणमा लिएको थियो ।

आमसभा सम्बोधन गर्दे राउतले मधेशका विवादीत पाँच जिल्लाहरु कुनै पनि हालतमा पहाडी जिल्ला संग गाभिनु नहुने र गाभिन जनमत संग्रह गर्ने भए मधेश का २२ जिल्लामा स्वन्त्र मधेशको लागि जनमत संग्रह गर्न चुनौती दिएका थिए ।-रातोपाटिबाट
Powered by Blogger.