आइपीएलमा राजस्थानको चौथो जित, हैदरावाद पराजित
नयाँ दिल्ली, एजेन्सी । आईपीएलको जारी प्रतिस्पर्धामा राजस्थान रोयल्सले आफ्नो उत्कृष्ट प्रदर्शन जारी राखेको छ।
बिहीबार भएको प्रतिस्पर्धामा राजस्थान रोयल्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ।
निकै रोमाञ्चक प्रतिस्पर्धामा अन्तिम बलमा हारजितको टुंगो लागेको थियो ।
अन्तिम बलमा राजस्थानलाई एक रनको आवश्यकता थियो । जेम्स फाननरले चौका प्रहार गरेर आफ्नो टिमलाई जित दिलाए। आइपीएलको यो सिजनमा राजस्थान रोयल्सको यो चौथो जित हो । अहिलेसम्म राजस्थान रोयल्सले एक खेल पनि हारेको छैन । राजस्थानको जितका लागि १२८ रनको लक्ष्य पाएको थियो ।
जुन उसले चार विकेट गुमाएर हासिल गरेको थियो । अजिंक्य रहाणे र सन्जुले शानदार सुरुवात गरेका थिए । रहाणेले अन्तिममा ६२ रनको पारी खेलेर आउट भए । जबकि सन्जु सैमसनले २६ रन बनाए । पहिला ब्याटिङ गर्दै सनराइजर्स हैदरावादले २० ओभरमा पाँच विकेट गुमाएर १२७ रन बनाएको थियो ।
प्रतियोगितामा शिखर धवन १० र डेभिड वार्नरले मात्र २१ रन बनाए । मार्गनले सर्वाधिक २७ रन बनाए भने नमन ओझाले २५ रनको योगदान दिए । रवि बोपारा र आशिष रेड्डीले अन्तिममा केही तिब्र रन बनाएर स्कोरलाई केही सम्मानजनक बनाउन सहयोग गरेका थिए । बोपाराले २३ र आशिषले नौ बलमा १३ रन बनाएका थिए । एजेन्सीको सहयोगमा