कम धूम्रपान गर्नु पनि उत्तिनै खतरनाक हुने
लण्डन, एजेन्सी । धूम्रपान गर्ने मानिसहरू प्रायजसो सोच्दछन कि चुरोट वा बिंडीको संख्यामा कमी ल्याएर उनीहरू आफुमाथी धुम्रपानबाट हुने खतरालाइ कम गर्न सक्दछन भने उनीहरू यो गलत कुरा सोचिरहेका छन ।
जो मानिस धूम्रपान गर्दछन, उनीहरूलाइ यो कुरा राम्रो संग थाहा छ कि यस्तो गर्नु क्यान्सरको कारण बन्न सक्दछ । तर केही मानिसहरू यो भ्रममा बाँच्दछन कि कम धूम्रपानबाट उनीहरू यो खतराबाट बच्न सक्दछन ।
एक अनुसन्धानबाट पत्ता लागे अनुसार धूम्रपान गर्नेहरू मध्ये एक तिहाई यो मान्दछन कि दिनमा कम्तीमा कम्तीमा १० वा त्यो भन्दा कम चुरोट पिउँनाले उनीहरूलाइ फोक्सोको क्यान्सरको खतरा हुँदैन ।
फ्रान्सको मार्सेली शहरमा रहेको नार्ड अस्पतालका अनुसन्धानकर्ता लोरेन्ट ग्रेइलियरका अनुसार मानिसहरूको यहि सोचका कारणनै संसारभरमा मानिसहरू धूम्रपान गरिरहेका छन । लोरेन्टको यो अनुसन्धान फ्रान्सका ४० देखि ७५ बर्षको उमेरका १ हजार ६ सय २ जना मानिसहरूमाथि गरिएको प्रयोगमा आधारित छ ।
जसमध्ये ४० प्रतिशत मानिसहरू यो मान्दछन कि दिनमा १० वटा चुरोट पिउनु उनीहरूका लागी खतरनाक छैन । तर यसो होइन कम धुम्रपान गर्नु पनि मानिसहरूका लागी उत्तिनै खतरनाक हुने कुरा अनुसन्धानकर्ताहरूले जनाएका छन । एजेन्सीको सहयोगमा