कांग्रेस–एमालेको नयाँ प्रस्ताव : असार मसान्तमा नयाँ संविधान ! असार मसान्तबारे एमाओवादी पनि सहमत
काठमाडौं, वैशाख ७ । सहमतिका संविधान बनाउने वा प्रक्रियामा जाने भन्ने सहमति नहुँदै प्रमुख दलहरु असार मसान्तभित्र संविधान जारी गर्ने राजनीतिक प्रतिवद्दता जनाउन सकारात्मक देखिएका छन् ।
जबकि,विवादित विषयमा पूर्ण सहमति नगरीकन सबै प्रक्रिया पूरा गरेर असार मसान्तभित्र संविधान ल्याउन असम्भव छ । संविधानसभा नियमावलीको अहिलेको प्रक्रियाअनुसार संविधान जारी गर्न एक सय २० दिन (चार महिना) को कार्यतालिका छ ।
विवादित सबै विषयमा प्रमुख विषयमा दलहरुबीच सहमति भए पनि संविधानसभाले निर्धारण गर्ने प्रक्रियामा फरक मत राख्दै आएका राप्रपा नेपाल,राष्ट्रिय जनमोर्चालगायतका दलको सहमति अनिवार्य चाहिन्छ ।
संविधानसभामा रहेका सबै दलले प्रक्रियालाई सघाउ पुर्याएको अवस्थामा मात्रै केही नियम निलम्बन गरेर असार मसान्तमा संविधान ल्याउन सम्भव हुन्छ ।
एमाओवादीले असार मसान्तसम्म संविधान दिनेगरी नयाँ कार्यतालिकासहित प्रारम्भिक सहमति गर्न सकिने संकेत दिएको छ । एमाओवादीले संवाद र पहल थाल्न अध्यक्ष प्रचण्डलाई जिम्मा दिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।