Header Ads

संगीतमा पनि राजनिति हुँदो रहेछ: अनिता

काठमाण्डौ । २०५८ सालमा सुनसरीको प्रकाशपुरमा जन्मीएर सांगीतिक फाँटमा सघर्ष गर्न काठमाडौं छिरेकी अनिता कटुवाल अहिले सम्भावना बोकेकी गायिकाको रुपमा चिनिँदै गएकी छिन् ।

 डोरेमी संगीत विद्यालयमा गुरुदेव कामतसँग संगीत प्रशिक्षण सुरु गरेर आफ्नो स्वर तिखार्दै गरेकी अनिताले अहिलेसम्म आधा दर्जन भन्दा बढि चलचित्रका गीतहरु देखी आधुनिक गीतहरुमा आवाज दिइसकेकी छिन् । अनिताले आफ्नै स्वरमा सोलो एल्बम निकाल्ने तयारी पनि गरेकी थिइन् ।

 सात वटा गीत समेत रेकर्ड भैसकेको ‘चाहना मनको’ एल्बम संगीत कम्पनीको गद्धारीका कारण निस्कन नपाएको उनले बताईन् । पहिलो एल्बम निकाल्ने कम्पनी नै फरार भएपछि उनी पुनः आफ्नो दोश्रो एल्मब निकाल्ने तयारीमा छन् ।

एल्मबमा तयारीसँगै आफु अहिले चलचित्रको गीतमा स्वर दिन पनि व्यस्त भैरहेको अनिता बताउँछिन् । अनिता भन्छिन् ‘नाम कमाइन्छ भनेर काठमाडौं आएँ । तर, संगीत क्षेत्र सोचे जस्तो रै’नछ । काम पाउन धेरैको पाउ मोल्नु पर्ने । राजनीति पनि उत्तिकै हुने रहेछ ।’

हाल आफ्नो दास्रो एल्बमको तयारीमा रहेकी अनिता अहिले सत्या नामक नेपाली चलचित्रको गीतबाट भने धेरै आशावादी देखिएकी छिन् । सत्या चलचित्रमा अनिताको स्वरमा सजिएको गीतहरु सन्न सकिन्छ । सत्याको छायांकन केहि दिन भित्रमा नै सुरु हुने पनि बताइएको छ ।-ठुलोपर्दा डटकम
Powered by Blogger.