Header Ads

मलेसियामा एक जना नेपालीलाई मृत्युदण्डको फैसला , ३२२ जना जेलमा

मलेसिया, फागुन १७ `। मलेसियामा भएको एनआरएनको कार्यक्रममा सम्बोधन गर्दै महामहिम रजदूत डा. निरन्जन मान सिंह बस्नेतले अधिकार सम्पन्न उच्च स्तरीय वैधानिक रोजगार आयोग बनाउनुपर्ने धारणा राखेका छन् ।

नेपालीहरु जानी–जानी ठगीरहेकोले आयोग मार्फत सम्बोधन गर्न सकिने र नेपाल सरकारलाई कुरा गरेको समेत बताए । हाल १० लाखको हाराहारीमा नेपाली रहेको भन्दै कर्मचारीको अभावले काम गर्न नसकिएको र आफू आएदेखि धेरै सुधार समेत भएको बताए । आफ्नै पहलमा अवैधानिक कामदारलाई नेपाल पठाईरहेको र फेरि पनि यहाँको सरकारसँग अनुरोध गरेर नेपाल पठाउन लागेको समेत कार्यक्रम जानकारी दिए ।

अघिल्लो २०१४ को सेप्टेम्बरदेखि डिसेम्बरसम्ममा २४ हजार अवैधानिक नेपाली कामदार नेपा गएको र यो अवसरको पनि फाइदा लिन अवैधानिक कामदारलाई कनुरोध गरेका छन् । जम्मा मलेसिया रुपैयाँ १२८० मात्र लाग्ने र दलालको फन्दामा नपर्न समेत अनुरोध गरेका छन् ।

हाल मलेसियाको जेलमा ३२२ रहेको र डिपोर्ट क्याम्पमा ३५७ जना रहेको र क्याम्पमा रहेकालाई घर फर्किने पहल भइरहेको छ, भन्दै जेलमा रहेकालाई आफूले केही गर्न नसक्ने र कैद भुक्तानी भएपछि चाँडो नेपाल फर्कन समेत कार्यक्रममा भने ।

एक जना नेपालीलाई यहाँ मृत्युदण्डको फैसला भएको भन्दै उसलाई मृत्युदण्डबाट जोगाउन पहल कदमी सुरु भएको र राम्रो समाचार आउनेमा समेत दूतावास रहेको छ राजदुतले भने ।

नेपाली कामदार लिएर दुख दिने उपचार नगर्ने मानसिक र शारीरिक यातना दिने तलब नदिने ७९ कम्पनीलाई कालो सूचिमा राखेर कारबाही समेत चलाइएको दूतावासले जनाएको छ ।
Powered by Blogger.