तपाईले एक्कासी रु.एक लाख भेट्टाउनुभयो भने के गर्नु हुन्छ ?
धुलिखेल, चैत २ । एक लाख रुपैँयाको बिटो सडकमा भेट्टाउनुभयो भने तपाई के गर्नु हुन्छ ? एक लाख रुपैँया खर्च गर्ने हरेक आ-आफ्नै उपाय होलान् ।
काभ्रे, भूमिडाँडा –७ का हरिप्रसाद हुमागाईं दम्पती भने भेट्टाएको एक लाख रुपैयाको बिटो सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेर उदाहरण बनेका छन् ।
पत्नीले भेट्टाएको एक लाख रुपैँयाको बिटो हरिप्रसादले आइतबार सम्बन्धित व्यक्ति रामेछाप भलुवाजोर–२ घर भई भक्तपुर कौशलटार बस्दै आउका टिपर व्यवसायी अर्जुनबहादुर थापालाई बुझाए । उनले बनेपास्थित चेष्टा साप्ताहिक पत्रिकाको कार्यालयमा आएर उक्त रकम थापालाई दिए ।काभ्रे, भूमिडाँडा –७ का हरिप्रसाद हुमागाईं दम्पती भने भेट्टाएको एक लाख रुपैयाको बिटो सम्बन्धित व्यक्तिलाई नै फिर्ता गरेर उदाहरण बनेका छन् ।

‘भेट्टाएको पैसा हराउने व्यक्तिलाई हस्तान्तरण गर्न पाउँदा आनन्द महसुस भएको छ’, हरिप्रसादले पैसा फिर्ता गरेपछि भने, ‘भेट्टाएको पैसाले जीवन चल्दैन भनेर फिर्ता गरेका हौं । आफैंले परिश्रम गरेर चलाईरहेका छौँ ।’
हरिप्रसादकी पत्नी गोमाले शुक्रबार अपरान्ह ३ बजे बनेपाबाट १० किलोमिटर जति टाडा भूमिडाँडास्थित सडकमै एक लाख रुपैयाँको बिटो भेट्टाएकी थिइन् । अन्नपूर्णपोस्ट् दैनिकमा खबर छ ।
