Header Ads

पत्याउनै गाह्रो : अपाङ्ग महिलाले उडाइन् लडाकु विमान !

एक पक्षघात भएकी महिलाले आफ्नो दिमागको प्रयोग गरेर लडाकु विमान उडाएकि छिन्। दिमागी नियन्त्रणमा विज्ञानले ठूलो खुड्किलो पार गरेको छ। ५५ वर्षिय पक्षघातको विरामी ‘यान सोयरमन’ले केवल दिमागको प्रयोग गरेर उडान सिम्युलेटरमा एफ्.३५ लडाकु विमान र सिङ्गल इन्जिन सेस्ना विमान उडाएकि छिन्। यो सबै अमेरिकाको डार्पा (DARPA) मा भएको २ वर्षको प्रशिक्षणको नतिजा हो। डार्पाको निर्देशक ‘आरति प्रभाकर’ले भनिन्, “यो कार्यक्रममा हामीले रोबोटिक दुनियाभन्दा भिन्न दृष्टिले हेर्ने गर्दछौँ र यो पत्ता लगाउन चाहन्छौँ कि मानिसले केवल दिमागको प्रयोग गरेर के के गर्न सक्षम हुन सक्छ। तर ‘सोयरमन’को नतिजाले हाम्रो आशालाई अझ उजागर गरेको छ।”

सन् २००३ मा दिमागी विरामिको कारणले गर्दा सोयरमनलाई पक्षघात भएको थियो। सन् २०१२ मा डार्पाको ‘रिभोलुसनाइजिङ्ग प्रोस्थेटिक्स प्रोग्राम’ले उनलाई भर्ना लियो र उसको दिमागको एक हिस्सामा, जस्ले उसको हातलाई नियन्त्रण गर्दछ, त्यहाँ दुई वटा इलेक्ट्रोडहरू राखिएको थियो। रोबोटिक हातलाई कसरी नियन्त्रण गर्ने र त्यस हातको सहायताले आफूलाई चकलेट खुवाउने प्रक्रियाबाट उसको प्रशिक्षण सुरु भएको थियो। अनुसन्धानबाट उसले दिमागको प्रयोग गरेर दुवै रोबोटिक हात सजिलै चलाउन सक्ने पत्ता लागेको थियो तर उसको चाहना भने अझ ठूला ठूला काम गर्ने थियो।

“सोयरमनले सिम्युलेटरमा लडाकु विमान उडाउने निर्णय गरिन् र हामी त्यसमा सहमत भयौँ।”
तर अचम्मको कुरा के छ भन्दा सिम्युलेटरमा जोयस्टिकलाई नियन्त्रण गर्नुको सट्टा उसले सिधै विमान नै उडाएको कल्पना गरेकी थिइन्। प्रभाकरले भनिन्, “जसरी सिखारु पाइलटहरूले जोयस्टिकलाई नियन्त्रण गर्छन्, त्यसरी गर्नुको सट्टा सोयरमनले सिधै विमानलाई नै नियन्त्रण गरिरहेको थियो र यो देखेर हामी धेरै अचम्मित र खुसी थियौँ किनभने यसबाट मानिसको कल्पनाको कुनै सिमाना हुँदैन भन्ने पुष्टि हुन्थ्यो।”
यो अति नै रोचक र अविश्वसनीय नतिजा हो तर हरेक राम्रो पक्षको आफ्नै नराम्रो र नकारात्मक पक्ष हुन्छ।
“दिमागको कल्पनाशक्ति त हामीले देखिसक्यौँ तर मानिसअनुसार कल्पनाको पक्ष हुन्छ, कसैले राम्रो नतिजा ल्याउँछ भने कसैले नराम्रो तर हामीले ती नराम्रा तत्वहरूलाई बिर्सिएर राम्रो पक्षलाई अंगालेर खोज गर्दे जानुपर्छ।”-प्रभाकरले भनिन्। यान सोयरमन, तिमी हाम्रो लागि नायक हौ- उनले भनिन्।
Powered by Blogger.