सुन तस्कर नाइके अग्रवाल यसरि गिरफ्तारमा परे
काठमाडौं । नेपाल प्रहरीले सुन तस्करीका कुख्यात नाइकेका रूपमा चिनिएका बालकृष्ण अग्रवाललाई गिरफ्तार गरेको छ।

उनलाई गत माघ २४ गते भारतीय प्रहरीको सहयोगमा बनारसमा गिरफ्तार गरी काठमाडौं ल्याइएको उच्च आधिकारिक स्रोतबाट जानकारी प्राप्त भएको छ।
चीनबाट सुन तस्करी गरी भारत तथा अन्य मुलुकमा व्यापारको अवैध सञ्जाललाई उनले सञ्चालन गर्दै आएको दाबी प्रहरीले गरेको छ।
प्रहरीले गिरफ्तारीलाई थप अनुसन्धानपछि सार्वजनिक गर्ने बताएको छ।
