गोठ आगलागीमा मृत्यु हुने बालिकाको संख्या तीन पुग्यो
नुवाकोट, फागुन ३० । नुवाकोटको मदानपुर गाविसको पाखुरेको एउटा गोठमा आगलागीमा जलेर तीन जना बालिकाको बालिकाको मृत्यु भएको छ।
मदानपुर गाविस वडा नं. ९ पाखुरेस्थित फणिन्द्र लामाको गोठमा खेलिरहेको समयमा एक्कासी आगलागी हुँदा फणिन्द्रका छिमेकी रविशकुमार लामाको २ वर्षिया रश्वु लामा, उनकै ६ वर्षिया छोरा फुच्ची लामा, र विरेश लामाको छोरी दिक्षा लामाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

आज विहान ११ः३० बजेको समयमा एक्कासी आगलागीको मुस्लो देखेपछि छिमेकीहरुले उद्दार गरेका थिए । खेलिरहेका तीन जना बालिकामध्ये उद्दार गरी दुई जनालाई उपचारको लागि काठमाडौं दिक्षाको काठमाडौंमा उपचारको क्रममा, रश्वुको घटनास्थलमा र दिक्षाको उपचारका लागि काठमाडौं पठाउँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो ।
बालबालिकाहरु खेल्नका लागि गोठमा गएको र सोही क्रममा आगलागी भएको हुन सक्ने स्थानीय टाइसन लामाले बताउनुभयो । ढुंगामाटोले बनेको गोठमा आगो लागेको बताइएको छ । घटनास्थलमा तादी प्रहरी चौकी र ककनी प्रहरी चौकीबाट पुगेका प्रहरीले थप उद्दारको काम गरेका थिए ।
यसैवीच घटनाको नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं सभासद् अर्जुननरसिंह केसीले दुःख व्यक्त गर्नुभएको छ । एक कार्यक्रमका लागि चितवनमा रहनुभएका नेता केसीले पाखुरेमा भएको दुःखत घटनाले आफूलाई स्तब्ध पारेको बताउँदै मृतकका परिवारमा समवेदना व्यक्त गर्नुभएको छ ।