आक्रमकारी समातेपछि संगीताले भनिन्,‘प्रहरी अंकल पास हुनुभो’ अब ढुक्कले निदाउन सक्छुः सीमा
काठमाडौं,चैत ७ । राजधानीको सिनामंगलस्थित काठमाडौं मेडिकल कलेज अस्पतालको बर्न वार्डमा पल्टिएर एसएलसी दिइरहेकी तेजाबपीडित संगीता पुलामी मगर शुक्रबार सहयोगीलाई नेपाली विषयको ११ नम्बर प्रश्नको उत्तर टिपाउँदै थिइन् ।
अचानक उनकी आमा चमेली चिच्याउँदै भित्र पसिन् र भनिन्,‘नानी,तिम्रो अनुहार डढाउने व्यक्ति पक्राउ पर्यो नि ।’ आमाले ल्याएको खबरले उनको अनुहार एकाएक चम्कियो । सायद आफू एसएलसी दिइरहेको छु भन्ने पनि बिर्सिइन् । खुसीले उनका हातखुट्टा थर्थराउन थाले । सहयोगी सोनम तामाङको हातमा सल्बलाइरहेको कलम पनि केही बेर रोकियो ।

‘मलाई त परीक्षाहलबाट निस्केर त्यो अपराधीलाई पनि तेजाब नै छ्यापेर पीडा दिन मनलाग्यो,’ संगीताले अपराधी पक्राउ परेको क्षण व्यक्त गर्दै भनिन्,‘केही बेर खुसी पनि भएँ र आवेगमा पनि आएँ ।’ आमा चमेलीले शुक्रबार बिहान १० बजेतिर छोरीलाई यो खबर सुनाएकी थिइन् । ‘मेरो अनुहार डढाउने अपराधी समातेर प्रहरी अंकलहरु पास हुनुभयो,’ संगीताले मुस्कुराउँदै भनिन्,‘अब त्यो अपराधीलाई जन्मकैदको सजाय दिनुपर्छ ।
बल्ल मलाई शान्ति मिल्नेछ ।’ वीर अस्पतालको श्यैयाबाट एसएलसी दिइरहेकी अर्की घाइते सीमा बस्नेतलाई भने प्रहरीले नै खबर सुनाइदिएका थिए । उनी खुसीले हास्न थालिन् । आधाजस्तो प्रश्नको उत्तर लेखिसकेकी थिइन् ।
‘एसिड आक्रमणमा परेर पीडा खेपिरहँदा मलाई आफन्तले उल्टै केटासँग लागेकी होली,अनि त यस्तो घटना भयो भने,म रोएर मात्र बसिरहे’, सीमाले भनिन्,‘प्रहरी अंकलहरुले सही कुरा बाहिर ल्याउनुभयो । अब ढुक्क भएर निदाउन सक्छु ।’-स्रोत /रातोपाटी डट कम बाट