Header Ads

परिवारका साथ पूर्वराजा ज्ञानेन्द्र किन जाँदैछन् दिल्ली ?

काठमाडौं, चैत १७ । दुई छिमेकी राष्ट्र भारत र चीनले नेपालका ठूला दलका नेतालाई देशको पछिल्लो अवस्थाबारे परामर्श लिन बोलाइरहेको अवस्थामा पूर्वराजा ज्ञानेन्द्र शाहको परिवार एकाएक दिल्ली भ्रमणमा जान लागेको छ ।

करिब एक महिनाको बसाइका लागि लागि पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल, बुहारी हिमानी र जेठी नातिनी पूणिर्का दिल्ली भ्रमणमा जान लागेका हुन् । उनीहरुका साथमा निजी सचिव सागर तिमिल्सिना, पूर्वराजाका निजी सुरक्षा गार्ड डिएसपी गगन श्रेष्ठ र पूर्व राजपरिवारका आधा दर्जन कर्मचारी जाने भएका छन् ।

भारत भ्रमणका क्रमम अपार्टमेन्टमै खाना पकाउने व्यवस्थासमेत गरिएको छ । स्रोतका अनुसार पूर्वराजा ज्ञानेन्द्र, पूर्वरानी कोमल र उनका निजी सचिव सागर तिमल्सिना यही चैत २२ गते आइतबार र बुहारी हिमानी, उनकी निजी सचिव स्मिता सिंह र छोरी पूणिर्कासहितको टोली चैत २८ गते भारत जानेछ ।

यही २१ गते होटेल सोल्टीमा नाती पार्थक सिंहको व्रतबन्ध भोजमा सहभागी भएको भोलिपल्ट पूर्वराजा र २८ गते अन्य परिवार भारत जान लागेको निर्मल निवास स्रोतले बताएको छ ।

पूर्वरानीको स्वास्थ्य उपचारको लागि भारत जाने भनिएपनि पूर्वराजाले उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम रहेको स्रोतले जनाएको छ । नेपाल समचारपत्र दैनिकबाट
Powered by Blogger.