Header Ads

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज अपराह्न मात्रै खुल्ने, विमान हटाउन भारतबाट एयर फोर्स विमान आउँदै

काठमाडौँ, फागुन २१ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा दुर्घटना भएको टर्किस एयरलाइन्सको विमान धावनमार्गबाट हटाउन समय लाग्ने भएकाले अन्तर्राष्ट्रिय उडानहरू आज अपराह्न ४ बजेपछि मात्र सुचारु हुने भएका छन् ।

अवतरणका क्रममा विमान धावनमार्ग छेउको जमिनमा धस्सिएकाले हिलाम्मे जमिनबाट विमानलाई सुरक्षितरुपमा निकाल्न अफ्ठ्यारो हुनुका साथै आवश्यक उपकरण जुटाउन समय लागेकाले अपराह्न ४ बजेसम्मका लागि अन्तर्राष्ट्रिय उडान स्थगित गरिएको हो । यद्यपी विमानस्थलले आन्तरिक उडान भने हिजै सुरु गरिसकेको छ । मुख्य धावनमार्गमा अवरोध हुने गरी किनारको जमिनमा धस्सिएको विमान निकाल्न मुलुकभित्र कै विज्ञ तथा उपकरणबाट प्रयास गरिने र सम्भव नभए भारतबाट सम्बन्धित विज्ञको टोली र उपकरण ल्याइने विमानस्थल नागरिक उड्ययन कार्यालयले बताएको छ ।

धावनमार्गको आधा भाग सञ्चालनमा रहेकाले सोही आधा भागमार्फत भारतबाट मध्यमखालका जहाजबाट विज्ञ टोली र उपकरण ल्याउन सकिने विमानस्थल नागरिक उड्ययन कार्यालयका भरतप्रसाद श्रेष्ठले जानकारी दिए । विमानस्थलमा दैनिक ३५ अन्तर्राष्ट्रिय उडान भर्ने र सोही सङ्ख्यामा विमान अवतरण हुँदै आएका छन् । उक्त उडान तथा अवतरणहरूबाट दैनिक १२ हजार यात्रु आवतजावत गर्ने विमानस्थलमा हिजो भने कुनै विमानले उडान र अवतरण नगर्दा विमानस्थमा यात्रु अलमल्लमा देखिएका थिए । त्यसैगरी, आन्तरिकतर्फ दैनिक १५० वटा उडान र सोही सङ्ख्यामा विमान अवतरणबाट चार हजार यात्रु आवतजावत गर्दै विमानस्थलमा ढिला गरी केही सीमित विमानहरूले मात्र उडान भरेका थिए ।

अन्य सबै यात्रु विमानस्थलमा नै रहेकाले विमानस्थल वरपरसम्म यात्रुको खचाखच भिड थियो । विमानस्थल कार्यालयले अन्तर्राष्ट्रिय उडानका सबै विमान कम्पनीलाई आ–आफ्ना यात्रुको खानपीन र बसोबासको व्यवस्थापन गर्न आग्रह गरेको कार्यालयका प्रबन्धक पूर्णप्रसाद चुडालले बताए । येसैबिच सरकारले टर्किस एयरलाईन्सको विमान दुर्घटनाबारे छानविन गर्न एक समिति गठन गरेको छ । पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा गठित छानविन समितिमा वरिष्ठ विमान चालक बिएन अमात्य, नेपाल वायु सेवा निगमका इन्जिनियर चुँडामणि बस्याल र पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयका बुद्धिसागर लामिछाने सदस्य रहेका छन् ।

यस्तै वमानस्थलले धावनमार्गमा अड्कीएको टर्किस एयरलाइन्सको विमानलाई हटाई सुरक्षित स्थानमा लैजान भारतबाट इन्डियन एयर फोर्स विमान ‘एयर क्राफ्ट रिमुएभल किट‘ ल्याउने भएको छ । धावनमार्गको पशिचमपट्टी किनारमा अडकिएर धावनमार्ग अवरुद्ध भएपछि सो वायुयानलाई हटाउन विमानस्थलले भारतबाट बिहिबार बिहान एयर फोर्स विमान उपकरण ल्याउन लागेको हो । धावनमार्गमा अड्कीएको वायुयान भारी बजन भएको तथा वायुयानका सबै चक्काहरू परिवर्तन गर्न सम्भव नभएकाले विदेशी उपकरण ल्याई दक्ष जनशक्ति परिचालन गरी हटाउन लागिएको विमानस्थलले जानकारी दिएको छ ।

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महाप्रबन्धक रतिशचन्द्रलाल सुमनले वायुयानलाई हडाउन अनवरत प्रयास गरिए पनि सम्भव नभएकाले उक्तवायुयानलाई उपकरणको सहायताले हटाउनका लागि स्वदेशी एवम् आवश्यकता परेमा विदेशी जनशक्तिसमेत परिचालन गरिने बताए । “ठूलो जहाज भएकाले हटाउन समस्या भएको छ, यात्रु र व्यागेज तथा १७ हजार लिटल इन्धन हटाउदा पनि अझै १५० टन वजन छ, तर हामीसँग ७० टन मात्र तान्नसक्ने क्रेन छ, त्यसैले भारतबाट एयर क्राफ्ट ल्याउन लागिएको हो ।

आज बिहान ८ बजेभित्र उक्त एयर अवतरण भइसक्छ । यस्ता घटना विरलै मात्र हुन्छ, हामीसँग साधन कमछ, छिमेकी मुलुक भारत र थाइल्यान्डमा पनि यस्ता क्षमतावान एयर क्राफ्ट एक–एक वटा मात्र छन् आगामी दिनमा पाठ सिकेर तयारी अवस्थामा रहनुपर्छ”–उनले भने । अनुसन्धान अनुरुप भिजिविलिटीको कारणले पनि दुर्घटना भएको हुनसक्ने अनुमान गरिएको बताए ।- स्रोत/रातोपाटिबाट 
Powered by Blogger.