थाई जेलबाट यसरी छुट्दैछन् पारस !
काठमाडौं । लागूऔषध कारोबारमा थाइल्यान्डमा थुनामा रहेका पूर्वराजा पारस शाहलाई मंगलबार त्याँको नोङ्खोइ प्रान्तीय अदालतले रिहा गर्न आदेश दिएको छ ।
उनले अब जेलबाहिरै रहेर कानुनी लडाइँ लड्न पाउने भएका छन् । अदालतले उनी पूर्वराजा भएको प्रमाण पनि माग गरेको छ ।
उनी बुधबार छुट्ने बताइएको छ ।
उनी गत अक्टोबर महिनाको दोस्रो साता चौथोपटक पक्राउ परेका थिए । थाइल्यान्डस्थित स्रोतले बताएअनुसार छुट्नुअघि पारसका वकिल साक्छाईले जमानत राख्नुपर्नेछ र बैंककस्थित नेपाली दूतावाससँग पनि जमानतको पत्र माग गरिएको छ ।
आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।
