भारतसँगको नतिजा उल्टाउने दाउमा नेपाल, विश्वकप फुटबल प्रारम्भिक छनोट
काठमाडौ, चैत ३ । सन् २०१८ मा रुसमा आयोजना हुने विश्वकप फुटबलको प्रारम्भिक छनोटका लागि नेपालले मंगलबार घरेलु मैदानमा भारतसँग 'होम' खेल खेल्दै छ। 'अवे' खेलमा भारतसँग २-० गोलले पराजित भएको नेपाल घरेलु मैदानमा नतिजा उल्टाउने दाउमा छ ।
भारतको गुवाहटीमा भएको खेलमा भारतसँग २-० ले पराजित भएको नेपालले मंगलवारको खेल कम्ती ३-० को अन्तरले जित्नुपर्नेछ ।
भारतको गुवाहटीमा भएको खेलमा भारतसँग २-० ले पराजित भएको नेपालले मंगलवारको खेल कम्ती ३-० को अन्तरले जित्नुपर्नेछ ।
पहिलो लेगको खेल भारतको गुवाहटीमा भएको थियो भने दोस्रो लेगको खेल काठमाडौको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ । यसअघि भारतसँग भएको १६ खेलमा नेपालले ३ खेलमा मात्रै जित हासिल गरेको छ ।
भारतसँग हुन लागेको विश्वकप छनोटको महत्वपूर्ण खेल आयोजनाको तयारी सवै पूरा भएको अखिल नेपाल फुटवल संघ एन्फाले सोमवार नै पत्रकार सम्मेलन गरी जानकारी दिएको थियो । दिउँसो ३ बजेदेखि सुरु हुने उक्त खेल दर्शकका लागि दुई प्याराफिटको छुट्टाछुट्टै टिकट ब्यवस्था गरिएको छ ।
भीआई प्याराफिटका लागि १५ सय रुपैयाँ र साधारण प्याराफिटको लागि ७ सय रुपैयाँको टिकट ब्यवस्था गरिएको एन्फाले जनाएको छ ।
