होली खेल्ने क्रममा ट्रकले किच्दा बालकको मृत्यु, स्थिति निकै तनाबग्रस्त
रुकुम, फागुन २१ । सडकमा होली खेल्दै गरेका एक बालकलाई तीब्र गतिमा आएको मालवाहक ट्रकले किच्दा मृत्यु भएको छ ।
दाङको तुल्सीपुरबाट रुकुम सदरमुका खलंगामा सामान ल्याउँदै गरेको लु.१ ज ५३२२ मालवाहक ट्रकले खलंगाको त्रिवेणी चोकमा एक होटलमा काम गर्ने १३ वर्षीय बालक नवराज घर्तीलाई किचेको हो ।
दाङको तुल्सीपुरबाट रुकुम सदरमुका खलंगामा सामान ल्याउँदै गरेको लु.१ ज ५३२२ मालवाहक ट्रकले खलंगाको त्रिवेणी चोकमा एक होटलमा काम गर्ने १३ वर्षीय बालक नवराज घर्तीलाई किचेको हो ।

बालकलाई किचेर भाग्न खोजेका गाडि चालक मिनराज पुनलाई ट्रकसहित अहिले जिल्ला प्रहरी कार्यलयले नियन्त्रणमा लिएर आवश्यक कार्वाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय रुकुमले जानकारी दिएको छ ।
बालकका आफन्तले भने घटनास्थलमा दोषीलाई कडा कारवाहीको माग गरि प्रदर्शन गरिरहेका छन् प्रहरीले घटना स्थलमा मुचुल्का बनाएर गाडीलाई आफ्नो नियन्त्रमा लिन खोज्दाँ प्रर्दशनकारिले ढुङगा हान्दा रोकिराखेका गाडी र सर्वसाधारणलाई समेत चोट लागेको छ । स्थिति निकै तनाबग्रस्त बनिरहेको छ । -गणेश खनालबाट