विश्वकप क्रिकेट : युएईलाई हराउँदै वेस्टइन्डिज क्वाटर फाइनल प्रवेश
काठमाडौ, चैत १ । विश्वकप क्रिकेट प्रतियोगिताको आफ्नो अन्तिम ग्रुप म्याचमा उत्कृष्ट प्रदर्शन गरेको वेस्ट इन्डिजले यूएईलार्इ ६ विकेटले हराउँदै क्वाटर फाइनलमा प्रवेश गरेको छ ।
जितका लागि मिलेको १७६ रनको चुनौती पछ्याएको वेस्ट इन्डिजले ४ विकेट गुमाउँदै ३०.३ ओभरमा जित निकाल्यो ।
वेस्ट इन्डिजका लागि सानो चुनौतीको जवाफ दिने क्रममा जोनसन चार्ल्सले ५५ र कार्टरले ५० रनको पारी खेले । त्यसैगरी रसेलले ३३ रन बटुले । यो सँगै समूह चरणमा वेस्टइन्डिजले ६ वटा खेलमा ३ वटामा जित निकालेको छ । यही जितका साथ उसले क्वाटर फाइलनमा पनि स्थान बनाउन सफल भयो ।
अब केबल आयरल्यान्ड र पाकिस्तानकोमात्र छिनोफानो हुन बाँकी छ । यी दुर्इ टिमको खेल जारी छ ।
यसअघि कप्तान जेसन होल्डर जेरोम टेलरले उत्कृष्ट बलिङ गरेपछि वेस्टइन्डिजले यूएईलार्इ १७५ रनमा समेटेको थियो । टस हारेर ब्याटिङमा उत्रेको युएर्इले ४७.४. ओभरसम्म क्यारेबियन बलरको सामना गरेको थियो ।वेस्ट इन्डिजका लागि सानो चुनौतीको जवाफ दिने क्रममा जोनसन चार्ल्सले ५५ र कार्टरले ५० रनको पारी खेले । त्यसैगरी रसेलले ३३ रन बटुले । यो सँगै समूह चरणमा वेस्टइन्डिजले ६ वटा खेलमा ३ वटामा जित निकालेको छ । यही जितका साथ उसले क्वाटर फाइलनमा पनि स्थान बनाउन सफल भयो ।

एक समय यूएईले ४६ रन बनाएको अवस्थामा ६ विकेट गुमाएको थियो । तर त्यसपछि ५६ रन बटुलेका अमजद जावेद र ६० रन जोडेका नासिर अजिजले सातौं विकेटका लागि १०७ रनको साझेदारी गरेर टिमलार्इ बलियो अवस्थामा पुर्याएका थिए । नासिरले ८६ बलको सामाना गर्दै आठ चौका लगाए ।
त्यस्तै अहजदले ९९ बलमा सात चौका र एक छक्का लगाए । त्यसैगरी मोहम्मद नविदले १४ र गुगुरुले नटआउट १० रन बनाए ।वेस्टइन्डिजको तर्फबाट होल्डरले ४, टेलरले ३ र आन्द्रे रसेलले २ विकेट लिए ।
