Header Ads

३३ जिल्लामा दमकल छैन, बजार खरानी भएपछि मात्रै दमकल

काठमाडौं, चैत ११ । आगलागीका लागि धेरै जोखिम भएका अधिकांश पहाडी जिल्लासहित देशका ३३ जिल्लामा अहिले पनि दमकल छैनन् ।

अधिकांश पहाडी जिल्लामा काठ र खरले छाएका घर भएकाले आगलागीको जाखिम बढी हुन्छ । ताप्लेजुङमा सोमबार आगलागी हुँदा दकमल नभएकै कारण ४४ घर जलेर खरानी भए । स्थानीयबासी भन्छन्,‘दमकल भएको भए आगो सल्किँदै निभाउन सकिने सम्भावना थियो ।’

 सरकारले अहिलेसम्म घोषणा गरेका एक सय ९१ नगरपालिकामध्ये ५० वटा नगरपालिकासँग मात्रै दमकल छ । एक सय ४१ नगरपालिकासँग आगलागी भए निभाउन न दमकल छ न तालिमप्राप्त जनशक्ति ।

ताप्लेजुङका लागि दमकल किन्ने प्रयास भए पनि सरकारी ढिलासुस्ती र प्रक्रियाका कारण सफल भएको छैन । उता,मंगलबार फुङलिङबजार खरानी भएपछि मात्रै दककल पुग्दा ठूलो क्षति भएको छ ।

बजार र बस्ती खरानी भएपछि मात्रै ताप्लेजुङबासीले दमकल पाएका थिए । आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।
Powered by Blogger.