अरनिको र बीपी राजमार्गमा यातायात ठप्प, यात्रुलाई सास्ती, जथाभावी गरे कारबाही
काभ्रेपलाञ्चोक, फागुन २१ । अरनिको र बीपी राजमार्गमा आज बिहानैदेखि सार्वजनिक सवारीका साधान सञ्चालन नहुँदा यात्रु समस्यामा परेका छन् ।
अरनिको रुटमा गठित विभिन्न राजनीतिक दल सम्बद्ध यातायात मजुदर संगठनहरुले अधिवेशन तथा साधारणसभा होलीकै दिन गर्ने गरेकाले यातायात सेवा सञ्चालनमा आउन नसकेको अरनिको यातायात समितिले जनाएको छ ।
वर्षौदेखि राजधानी पूर्वको काभ्रेसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, ओखलढुंगालगायत जिल्लामा बस सेवा सञ्चालन गर्दै अरनिको यातायात सेवा समितिले सेवा बन्द गर्दा यात्रुहरुलाई समस्या परेको छ । त्यस्तै पश्चिम सिन्धुपाल्चोकका लागि राजधानीबाट छुट्ने हेलम्बु, आमा ह्योल्मो यातायात सेवा समिति र बीपी राजमार्ग अन्तर्गत धुलिखेल हुदैँ सिन्धुली र सगरमाथा अञ्चलका माथिल्लो भाग र तराईका जिल्लामा यातायात सेवा पु¥याउँदै आएका ब्यवसायीहरुले पनि बस चलाएका छैनन् ।

राजमार्गमा बस पर्खेर बसेका यात्रुहरु यातायातका साधन नचलेपछि थप मारमा परेका छन् । यसअघिका वर्षहरुमा पनि होलिको दिन अरनिको र बीपी राजमार्गमा यात्रा असुरक्षित हुनेभन्दै मजदुरहरुले यातायात चलाएका थिएनन् । राजमार्गमा साना सवारीका साधन बाहेक धुलिखेल, बनेपा, पनौतीबाट काठमाण्डौसम्मका लागि चल्ने छोटो दुरीका भाडाका साधन पनि अघिल्लो दिनको तुलनामा निकै कम मात्रामा चलेका छन् ।
यसैबीच जिल्ला प्रहरी कार्यालय काभ्रेले फागु पूर्णिमालाई अनुशासित, मर्यादित र सुसंस्कृत ढङ्गबाट मनाउन आग्रह गरेको छ । होली मनाउने नाममा सर्वसाधारण एवं विदेशी पर्यटकहरुलाई जवर्जस्ती रंग तथा केमिकलजन्य पदार्थलगायत फोहोरपानी छ्याप्ने, लोला हान्ने, महिला तथा बालबालिकाहरुलाई अभद्र व्यवहार गर्ने गरेको पाइएको भन्दै प्रहरीले यस्तो आग्रह गरेको हो ।
जिल्ला प्रहरी कार्यालयले सम्भावित स्थानहरुमा फागुपर्व अवधिभर सुरक्षा व्यवस्थाका लागि सादा पोशाकमा समेत प्रहरी परिचालन गरेको छ ।