पैसा कमाउन मलेसिया पुगेका ज्वाइँले सासूलाई फोनमा भने, ‘आमा पेटभरि खान पनि पाइनँ’
सुनसरी, चैत १० । मलेसियामा रहेका ज्वाइँ सुनिल साहले सुनसरीको दुहबीकी उर्मिला हलुवाई साहलाई फोन गरेर आफूले भोगेको पीडा पोखे ।
‘आमा नेपालै फर्कन्छु यहाँ अघाउँजी खान पनि पाइएन, साह्रै दुःख भयो । एक हप्तादेखि ज्वरोले थला परेको छु । उपचार पनि गराइदिँदैनन् । कहिलेकाहीँ काममा लगाएर बढीजसो थुनेर राख्ने गरेको सुनिलले बताए ।
‘आमा नेपालै फर्कन्छु यहाँ अघाउँजी खान पनि पाइएन, साह्रै दुःख भयो । एक हप्तादेखि ज्वरोले थला परेको छु । उपचार पनि गराइदिँदैनन् । कहिलेकाहीँ काममा लगाएर बढीजसो थुनेर राख्ने गरेको सुनिलले बताए ।

‘फोन गरेर ज्वाईँ रोएको रोयै गर्छन्’, उर्मिलाले भनिन्, ‘समूहलाई १० किलो चामल दिँदोरहेछ, कसरी बाँच्लान् ? दुहबीकै पुनम सरदारलाई पनि पति रोशनले फोनमा यस्तै पीडा सुनाए ।
गाउँबाट गएका १४ भन्दा बढी युवाका परिवारलाई आफन्त र तिनका साथीले यस्तो खवर सुनाएपछि सबै एक भएर म्यानपावर कम्पनीका प्रतिनिधिलाई आफन्त फर्काइदिन आग्रह गरे । -कान्तिपुर दैनिकबाट