Header Ads

विश्वकप क्रिकेट : क्वाटर फाइनलको अन्तिम खेलमा न्युजील्याण्ड बिजयी

काठमाडौं, चैत ७ । विश्वकप क्रिकेट अन्तर्गत आज भएको अन्तिम क्वाटर फाइनल खेलमा न्युजील्याण्ड बिजयी भएको छ । उसले वेष्टइन्डिज लाई १४३ रनले पराजित गरेको छ । न्युजील्याण्डको विलिङ्गटनमा टस जितेर पहिले ब्याटिंग गरेको घरेलु टोलीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाउदै रन ३९३ बनायो ।

उसका लागि मार्टिन गुप्टीलले दोहरो शतक बनाए ।१६३ बलको सामना गरेका गुप्टीलले २४ चौका र ११छक्काको मद्दतले २३७ रन बनाए । त्यस्तै रोस टेलरले ४२ रन बनाए भने विलियमसनले ३३ रनको योगदान दिए । वेष्टइन्डिजको लागि जेरम टेलरले ३ विकेट लिए भने भने आन्द्रे रसलको भागमा २ विकेट रह्यो ३९४ रनको बिशाल लक्ष्य लिएर मैदान उत्रेको वेष्टइन्डिज ३०.२ ओभरमा सबै विकेट गुमाउदै २५० रनमा समेटियो ।

उसका लागि क्रिस गेलले ६१ रनको पारी खेले, जेसन होल्डरको ब्याटबाट ४२ रन निस्कियो भने कार्टरले ३२ रनको योगदान गरे । त्यस्तै मार्लोन स्यामुयल्स र ड्यारेन स्यामीले समान २७(२७ रन दिनु बाहेक अन्यले उल्लेखनिय प्रदर्शन गर्न सकेनन । न्युजील्याण्डको लागि ट्रेन्ट बोल्टले ४ विकेट लिए भने टिम साउथीको भागमा २ विकेट रह्यो ।

त्यस्तै भेतोरिले २ विकेट चट्काए भने, एन्डरसन र मिल्नेले समान १(१ विकेट बाँडे । खेलमा २३७ रन बनाएका मार्टिन गुप्टिल म्यान अफ द म्याच भए । सेमी फाइनलमा न्यूजील्याण्डले दक्षिण अफ्रीका सँग खेल्नेछ । आजको खेल सँगै सेमी फाइनल समीकरण पुरा भएको छ । भारत, अस्ट्रेलिया, दक्षिण अफ्रीका र न्यूजील्याण्ड सेमी फाइनलमा पुगेका छन् । 
Powered by Blogger.