Header Ads

विषाक्त रोटी खाँदा एकै परिवारका ५ को मृत्यु, ७ विरामी

धादिङ । धादिङको पीडा गाविसमा सोमबार विहान विषाक्त गहुँको रोटी खाँदा एकै परिवारका ५ जनाको मृत्यु भएको छ । अरु ७ जना गम्भीर विरामी भएका छन् ।

पीडा गाविस ८ का ६० बर्षीय सन्तबहादुर तामाङ, २५ वर्षीया फुलमाया तामाङ, ७ वर्षीया सुमित्रा तामाङ र साढे २ बर्षकी सानुकान्छी तामाङको मृत्यु भएको हो । मृतक अर्का एकजनाको परिचय खुलेको छैन । सुमित्रा, सानुकान्छी र रमेशको ललितपुरस्थित मेघा अस्पतालमा तथा अरुको गाउँमै मृत्यु भएको हो ।

किराले खान्छ भनेर बीषमा मोलेर गहुँ राखेको र बीऊ खेतमा छरिसकेपछि बँचेकोलाई पीठो पिसाएर रोटी बनाएर खाँदा उनीहरुको मृत्यु भएको अनुमान गरिएको डिएसपी प्रकाश मल्लले न्यूजअभियानलाइ फोन मार्फत जानकारी दिए ।

 विषाक्त रोटी खाँदा पीडा गाविस ८ बस्ने ८ वर्षीय पूर्णबहादुर तामाङ, ३५ वर्षीय टेकबहादुर तामाङ र १९ वर्षीय बुद्धसिंह तामाङ विरामी परेका छन् ।

 यसैगरी बर्ष ३१ की सम्झना तामाङ, बर्ष ६० की फुलमाया तामाङ, बर्ष १५ की ठूलीमाया तामाङ र पीडा गाविस ७ की २० वर्षीया बुद्धलक्ष्मी तामाङ पनि विरामी छन् । ठूलीमाया र पूर्णबहादुरको गजुरी अस्पतालमा र अन्यको बीर अस्पतालमा उपचार भैरहेको छ ।
Powered by Blogger.