Header Ads

राष्ट्रपति र प्रचण्डबीच चीन भ्रमणका विषयमा छलफल

काठमाडौं, चैत ९ । राष्ट्रपति डाक्टर रामवरण यादव र एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच चीन भ्रमणका विषयमा छलफल भैरहेको छ ।

चीनजानु पूर्वसन्ध्यामा प्रचण्ड राष्ट्रपतिलाई भेट्न उनकै निवास राष्ट्रपति भवन सित्तलनिवास पुगेका हुन । त्यसो त केहीदिनभित्रै राष्ट्रपति डाक्टर यादव पनि चीन भ्रमणमा जाँदैछन ।

भेटवार्तामा वर्तमान राजनीतिक गतिरोध लगायतका विषयमा पनि यादव र प्रचण्डबीच छलफल हुनेछ । राष्ट्रपति यादवले राजनीतिक गतिरोध र संविधानलेखनका विषयमा यसअघि संविधानसभाका सबैदलसंग आइतवार बेलुकी छलफल गरेका थिए ।

संविधान लेखनमा सत्तारुढ र विपक्षी दुवै गम्भीर नभएको भन्दै राष्टपतिले असन्तुष्टि व्यक्त गर्दै आएका छन ।

हिजोको बैठकमा समेत उनले संविधान निर्माणबारे चिनियाँ नेताहरुले सोधेभने के भन्ने भनेर दलहरुलाई प्रश्न गरेका थिए ।
Powered by Blogger.