Header Ads

संवेदनशील अंगमा हात पुराएपछि सुरजको गालामा सन्ध्याले हानिन् यसरि थप्पड

एजेन्सी । भारतीय टेलिभिजन च्यानल स्टार प्लसमा प्रसारण भइरहेको टेलिभिजन सिरियल ‘दीया और बाती हम’ की अभिनेत्री दीपिका सिंह अर्थात सन्ध्याले आफ्नै को–एक्टर अनस रशीद अर्थात सुरजलाई पुरै युनिटसामु जोडदार थप्पड हानेकी छन्। सिरियलकी सन्ध्या अर्थात दीपिकाले अनेसमाथि आफूलाई गलत ढंगले छोएको आरोप लगाउँदै थप्पड हानेकी हुन् ।

एक फिल्मी वेभसाइटमा प्रकाशित खबर अनुसार यौन शोषणको विरोध गर्दै दीपिकाले पुरै युनिका सामु अनस रशीद अर्थात सुरजको गालामा थप्पड मारेकी हुन् । समाचारअनुसार यो घटना दुई दिनअघि ‘दीया और बाती हम’ को एउटा दृष्य सुटिङका क्रममा अनसले दीपिकालाई पछाडिबाट समातेका थिए । सुटिङ सकिएपछि दीपिकाले युनिटसामु गुनासो गरिन् कि अनसले आफूलाई गलत तरिकाले छोए ।

भोलिपल्ट पनि दीपिकाले सेटमा कयौसँग अनसले आफ्नो संवेदनशील अंग छोएको र यौन शोषणको प्रयास गरेको गुनासो गरिन् । तर उनको गुनासोमा कसैले पनि ध्यान दिएन । युनिटको तर्फबाट कुनै कदम चालेको नपाएपछि सिरियलमा निर्भिक युवतीको भूमिका निर्वाह गरिरहेकी दीपिकाले यसको फैसला आफै गर्ने निर्णय गरिन् । त्यसैले उनले सम्पूर्ण टिमकै सामु अनसको गालामा जोडदार थप्पड हानिन् ।

घटनाका विषयमा जब अनससँग सोधियो तब उनले भने यसलाई झुट भएको बताए । यता अनसले दीपिकाविरुछ सिने एसोसिएसनमा गुनासो दर्ता गराएका छन् । अनसका अनुसार दीपिकाले आफूलाई अरु पनि आरोप लगाउन सक्ने बताएका छन् । सिरियलमा भाभोको भूमिकामा रहेकी नीलुसँग यस विषयमा प्रश्न गर्दा उनले आफू मेकअप रुपमा भएको बताइन् ।

स्मरणरहोस विगत चार वर्षदेखि एक साथ काम गरिरहेका दीपिका र अनस रियल लाइफमा भने एकअर्कासँग कुरासमेत गर्र्दैनन् । यो घटनापछि दीपिकाले शो छोड्ने धम्कीसमेत दिएको बताइएको छ। -एजेन्सीको सहयोगमा
Powered by Blogger.