Header Ads

सिडिओ सरुवामा प्रधानमन्त्रीको हस्तक्षेप

काठमाडौं,चैत ५ । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले गरेको प्रमुख जिल्ला अधिकारी (सिडिओ) सरुवाको निर्णय प्रधानमन्त्री सुशील कोइरालाको हस्तक्षेपपछि २४ घन्टा नबित्दै उल्टिएको छ ।

गृहमन्त्रालयले उपप्रधानमन्त्री तथा गृहमन्त्री गौतमको मन्त्रीस्तरीय निर्णयबाट ३ फागुनमा विभिन्न २८ सिडिओको पदस्थापन तथा सरुवा गरिएको थियो । २८ जनामध्ये मोरङका सिडिओ गणेशराज कार्कीको सरुवा प्रधानमन्त्रीको दबाबपछि रोकिएको गृह मन्त्रालयले स्रोतले जानकारी दिएको छ ।

कार्कीलाई मंगलबार मोरङबाट मकवानपुर सरुवा गरिएको थियो । तर,प्रधानमन्त्रीको दबाबपछि गृहले उनलाई मकवानपुरमै दरबन्दी राखेर काजमा मोरङ नै पठाएको छ ।

उदयपुरबाट मभोर सरुवा भएका रामप्रसाद थपलियाको दरबन्दी मोरङमा नै राखेर उनलाई काजमा मकवानपुर पठाइएको गृहले जनाएको छ,आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।
Powered by Blogger.