यस्तो विचित्रको विवाह : गाउनमा बेहुला, सुटबुटमा बेहुली !
एजेन्सी । चीनमा एउटा विचित्रको सामूहिक विवाह समारोह आयोजना गरियो । विचित्र यस कारण कि बेहुला र बुहुलीले एकअर्काको ड्रेस लगाएका थिए।
अर्थात बेहुलाले परम्परागत सेनो विवाह गाउन लगाएका थिए भने बुहुली सुटबुटमा सजिएकी थिइन् ।
त्यति मात्र होइन, बेहुलीले आफ्नो बेहुलाअगाडि झुकेर घुँडा टेक्दै उनलाई प्रपोज पनि गरिन् । यो विवाह समारोहमा ६ जोडी सहभागी थिए।
यो विवाह गत मार्च १४ मा हुबेई प्रान्तमा भएको हो । हालै यसको भिडियो इन्टरनेटमा कसैले अपलोड गरेपछि भाइरल भएको छ। अहिले यो भिडियोका विषयमा विभिन्न प्रतिक्रियाहरु व्यक्त भइरहेका छन् । -एजेन्सीको सहयोगमा

