सावधान ! ‘टेस्ट ड्राइभ’ गर्न दिँदा मोटरसाइकल चोरिएला
काठमाडौं । तपाईंले आफ्नो मोटरसाकइल बेच्न चाहानु भएको छ र ग्राहकले ‘टेस्टड्राइभ’ गर्छु भनेको छ भने सचेत हुनुस् ।
‘टेस्ट ड्राइभ’ गर्न दिने र मोटसाइकल बेचेर खनखनी पैसा गन्ने तपाईंको सपना चकनाचूर हुनसक्छ ।
किनकी एकपटक चलाएर मोटरसाइकलको अवस्था जाँच्ने बहानामा मोटसाइकल लिएरै फरार हुने व्यक्तिहरु सक्रिय भएका छन् । हालै प्रहरीले टेस्ट ड्राइभ गर्ने बहाना पारेर मोटरसाइकल चोर्नेहरुलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुर्खेत विरेन्द्रनगर नगरपालिका ९ का २१ वर्षीय सुमन भनिने रोशन ओझा र खोटाङ चिसापानी गाविस ४ का २१ वर्षकै सुमन खड्का छन् ।

उनीहरुले अनलाइनमा राखिएको मोटरसाइकल बिक्री सम्वन्धी विज्ञापन हेरेर कस्तो अवस्थामा छ चलाएर हेर्नुपर्छ भन्दै ईकेश चौलागाईंको मोटरसाइकल लिएर भागेका थिए । चौलागाईंले उजुरी गरेपछि प्रहरीले खोजतलास गर्ने क्रममा ओझालाई स्याङ्जाको वालिङबाट र खड्कालाई काठमाडौंबाट पक्राउ गरेको छ ।
उनीहरुले चोरी गरी लगेको वा ५४ प ४६६४ नम्वरको R15 मोटरसाईकल काठमाडौंको भङ्गालमा लुकाई छिपाई राखेको अवस्थामा फेला परेको थियो । ओझा र खड्काले गत माघ २२ गते रामप्रसाद थपलियाको बा ५८ प ५११५ नम्वरको R15 मोटरसाईकल समेत ललितपुरबाट चोरी गरी लगेको खुलासा भएको छ । उक्त मोटरसाईकल पाल्पाबाट बरामद गरिएको छ । - फाइल तस्वीर