मिति: वि.सं.२०७१ साल फागुन २५ गते । सोमबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?
![]()
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ। सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। कामबाट विश्राम पनिइनुका साथै परिवारजनका साथ आनन्दमा समय बित्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको पनि योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। |
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus : प्रयत्न गर्दा मौकाको राम्रै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ। काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। केही चुनौती पनि सामना गर्नपर्ने देखिन्छ। तर, प्रतिस्पर्धा र मुद्दा–मामिलामा सहजै विजयी भइनेछ। |
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus : आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। पढाइलेखाइमा पनि बाधा हुन सक्छ। व्यापार-व्यवसायमा सामान्य मात्र फाइदा उठाउन सकिएला। काममा पनि अवरोध आउन सक्छ। स्वास्थ्यका लागि खानपान सजगता अपनाउनुपर्ला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोग लिँदा फाइदा उठाउन सकिनेछ। |
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer : अलि द्विविधामा परिएला। विश्वासपात्रबाटै धोका पाइने समय छ। शंकैशंकाले आफन्तजनसँग सम्बन्ध बिग्रन सक्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काम बिग्रने सम्भावना छ, सचेत रहनुहोला। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला। |
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo : सफलताले पराक्रम र उत्साह बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान् । आम्दानी बढ्नेछ। दाजुभाइ र सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय छ। प्रशस्त धन सञ्चय गर्न सकिनेछ। |
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :काममा अरूबाट हस्तक्षेप हुन सक्छ। वादविवादमा परिने समय भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। समर्थकहरूले पनि आलोचना गर्न सक्छन्। आर्थिक क्रियाकलापमा अलि कममात्र फाइदा उठ्न सक्छ। शत्रुहरूको चलखेल बढ्नाले मान–सम्मानमा आघात पुग्नेछ। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा भइरहनेछ। |
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra : विभिन्न अवसर आए पनि समयको सदुपयोग गर्न नसकिएला। खानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ला। सोचेको काम समयमा सम्पादन गर्न नसकिएला। आत्मीय जनसँग असमझदारी बढ्न सक्छ। निर्णायक क्षमतामा कमी आउला। हातमा आएको प्रतिफल गुम्न सक्छ, सचेत रहनुहोला। सूर्यनारायण वा इष्टदेवको पूजा–उपासनाले फाइदा हुनेछ। |
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio : एक्लोपनको अनुभूति हुनेछ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफ्नै कमजोरीले काममा बाधा र क्षति पुग्न सक्छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि कमजोर भइएला। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ। |
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :व्यवसायबाट राम्रै आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा केही कम र व्यापारमा प्रशस्त फाइदाको योग छ। तर श्रमकोे समुचित मूल्यांकन भने नहुन सक्छ। सञ्चित रकम अरूका लागि खर्चनुपर्ला। धेरै लगानीपछि प्रतिफल कम पाइएला। पढाइलेखाइमा भने प्रगति हुनेछ। केही मालमत्ता हराउन सक्छन्, सचेत रहनुहोला। |
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn : काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले तपाईंलाई राम्रो साथ दिनेछन्। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। |
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius : अरूका काममा समय बित्न सक्छ। स्वास्थ्य कमजोर बन्नेछ। तर पनि कामको भार बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ। समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। सहयोगको आशा देखाउनेहरूले बिचैमा धोका दिन सक्छन्, सचेत रहनुहोस्। व्यावसायिक काममा अवरोध आउन सक्छ। धर्मकर्म र सेवामूलक कामका लागि खर्च गरिनेछ। |
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces : विगतका समस्या बल्झिन सक्छन् । सानातिना काम र घरेलु समस्यामा पनि अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ। |





कन्या





