Header Ads

मिति: वि.सं.२०७१ साल फागुन २६ गते । मंगलबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
सुखद समाचारले अझ उत्साह बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ। कामबाट विश्राम पाइनुका साथै परिवारजनका साथ आनन्दमा समय बित्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ। नयाँ सवारी साधन प्राप्तिको पनि योग छ। आतिथ्यपूर्ण सम्मान पाइएला। प्रेम र मित्रताको बन्धन कसिने बेला छ। व्यापार–व्यवसायमा विशेष लाभ लिने समय छ। व्यावसायिक यात्रा सम्भावना छ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
काममा अधिकारका लागि प्रतिस्पर्धा गर्नुपर्ने देखिन्छ। केही चुनौती पनि सामना गर्नपर्ने देखिन्छ। तर, प्रतिस्पर्धा र मुद्दा–मामिलामा सहजै विजयी भइनेछ। प्रयत्न गर्दा मौकाको राम्रै फाइदा लिन सकिनेछ। यात्रामा विशेष लाभ होला। शत्रु र रोगबाट छुटकारा मिल्नेछ। चुनौती पन्छाउँदै अघि बढ्न सकिनेछ। व्यापार तथा उद्योगतर्फ सामान्य फाइदाको योग छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
स्वास्थ्यका लागि खानपानमा सजगता अपनाउनुपर्ला। पढाइलेखाइमा पनि बाधा हुन सक्छ। आफूलाई कमजोर भएको अनुभूति हुनेछ। अप्रिय समाचारले खिन्नता बढ्न सक्छ। काममा पनि अवरोध आउन सक्छ। व्यापार-व्यवसायमा सामान्य मात्र फाइदा उठाउन सकिएला। सन्तान वा अनुयायी र मातृशक्तिको सल्लाह, सहयोग लिँदा फाइदा उठाउन सकिनेछ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
उच्च महत्वाकांक्षा र विगतका गलत निर्णयले पनि काम बिग्रने सम्भावना छ, सचेत रहनुहोला।शंकैशंकाले आफन्तजनसँग सम्बन्ध बिग्रन सक्छ। मान्यजनको सुझाव अप्रिय लाग्नेछ। अलि द्विविधामा परिएला। विश्वासपात्रबाटै धोका पाइने समय छ। मातृधन तथा परिवारजनको सहकार्यबाट लाभ उठाउन सकिनेछ। पशुधन र जमिनबाट पनि फाइदा होला।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
आम्दानी बढ्नेछ। प्रशस्त धन सञ्चय गर्न सकिनेछ। दाजुभाइ र सहयोगीहरूले साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ । सफलताले पराक्रम र उत्साह बढ्नेछ । प्रशस्त धन आर्जन गर्ने मौका छ । उद्योग र व्यापारमा विशेष फाइदाको योग छ। प्रतिस्पर्धी परास्त होलान् । कृषिकर्ममा भने केही चुनौती सामना गर्नपर्ला । नयाँ काममा हात हाल्ने समय छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आर्थिक क्रियाकलापमा अलि कममात्र फाइदा उठ्न सक्छ। शत्रुहरूको चलखेल बढ्नाले मान–सम्मानमा आघात पुग्नेछ। काममा अरूबाट हस्तक्षेप हुन सक्छ। वादविवादमा परिने समय भएकाले विचारलाई तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। समर्थकहरूले पनि आलोचना गर्न सक्छन्। तापनि, प्रयत्न गर्दा व्यावसायिक काममा सामान्य फाइदा भइरहनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
खानपानको असावधानीले स्वस्थ्य कमजोर बन्ला। सोचेको काम समयमा सम्पादन गर्न नसकिएला। आत्मीय जनसँग असमझदारी बढ्न सक्छ। विभिन्न अवसर आए पनि समयको सदुपयोग गर्न नसकिएला। निर्णायक क्षमतामा कमी आउला। हातमा आएको प्रतिफल गुम्न सक्छ, सचेत रहनुहोला। सूर्यनारायण वा इष्टदेवको पूजा–उपासनाले फाइदा हुनेछ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
आफ्नै कमजोरीले काममा बाधा र क्षति पुग्न सक्छ, सचेत रहनुहोस्। प्रतिस्पर्धामा पनि कमजोर भइएला। एक्लोपनको अनुभूति हुनेछ। काममा आलस्य जाग्ने र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ लिन सकिनेछ। स्थानान्तरण र टाढाको यात्रा सम्भावना छ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
सञ्चित रकम अरूका लागि खर्चनुपर्ला। धेरै लगानीपछि प्रतिफल कम पाइएला। आम्दानी आम्दानी बढ्ने र उठ्नुपर्ने रकम हातलागी हुने समय छ। कृषि तथा पशुपालनमा केही कम र व्यापारमा प्रशस्त फाइदाको योग छ। तर श्रमकोे समुचित मूल्यांकन भने नहुन सक्छ। केही मालमत्ता हराउन सक्छन्, सचेत रहनुहोला। पढाइलेखाइमा भने प्रगति हुनेछ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सहयोगीहरूले तपाईंलाई राम्रो साथ दिनेछन्। काममा मातापिताको सहयोग प्राप्त होला। प्रतिष्ठित काम गर्ने मौका छ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। व्यापार–व्यवसायमा पनि प्रशस्त फाइदा हुनेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
समयमा काम पूरा नहुनाले खिन्नता बढ्ला। व्यावसायिक काममा अवरोध आउन सक्छ। धर्मकर्म र सेवामूलक कामका लागि खर्च गरिनेछ। सहयोगको आशा देखाउनेहरूले बिचैमा धोका दिन सक्छन्, सचेत रहनुहोस्। अरूका काममा समय बित्न सक्छ। स्वास्थ्य कमजोर बन्नेछ। तर पनि कामको भार बढ्नेछ। सानातिना काममा महत्वपूर्ण समय बित्न सक्छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ने देखिन्छ। मिथ्या भ्रमणमा समय बित्न सक्छ। स्वास्थ्यगत समस्याले पनि सताउने देखिन्छ । उपचारमा खर्च हुने योग छ। विगतका समस्या बल्झिन सक्छन् । विद्यामा कमजोरी र लेनदेनमा विवाद होला। प्रयत्न गर्दा व्यावसायिक काम सम्पादन हुनेछन् । इष्टदेवको पूजा–उपासना गर्नाले तपाईंलाई फाइदा हुनेछ।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.