Header Ads

पूर्वराजावादीदेखि विपक्षी मोर्चासम्म उच्च सुरक्षा जोखिममा

काठमाडौं, फागुन १९ । उपप्रधान एवम् गृहमन्त्री बामदेब गौतमले शान्ति सुरक्षामा एक दर्जन चुनौती रहेको जनाउ दिएका छन्। व्यवस्थापिका संसदको राज्य व्यवस्था समितिमा सोमवार शान्ति सुरक्षाबारे सभासदले उठाएका प्रश्नको जवाफ दिँदै गौतमले सो जानकारी गराएका हुन्।

 उनले कट्टर हिन्दुवादीदेखि पूर्वराजावादीका क्रियाकपाल र ३० दलीय मोर्चाका गतिविधि तथा तराईका भूमिगत समूहहरु सुरक्षा चुनौती बनेको जनाए।  बैठकमा गृहमन्त्री गौतमले नेपालको विद्यमान सुरक्षा चुनौतीबारे लिखित जानकारी दिँदै एकीकृत नेकपा माओवादीको नेतृत्वमा रहेको आन्दोलनरत ३० दलीय मोर्चादेखि हिन्दुवादी र राजतन्त्रवादीहरुको क्रियाकलापसमेत सुरक्षा चुनौती रहेको उल्लेख गरेका हुन्।

विद्यमान सुरक्षा चुनौतीबारे जानकारी दिँदै गृहमन्त्री गौतमले मोहन बैद्य र नेत्रविक्रम चन्द नेतृत्वको नेकपा–माओवादी, तराईमा छुट्टै राज्य हुनुपर्छ भन्ने सीके राउतको गठबन्धन, लिम्बुवान समूह, धनुषालगायतका क्षेत्रमा मातृका समूहको गतिविधि, सुदूरपश्चिममा अखण्ड पश्चिम पक्षधरको गतिविधिलाई सुरक्षा चुनौतीका रुपमा पेस गरेका हुन् । आजको राजधानी दैनिकले समाचार छापेको छ।
Powered by Blogger.