स्वाइन फ्लु फेरि एक जनाको मृत्यु,अस्पताल कर्मचारी निगरानीमा
काठमाडौं, फागुन २८ । स्वाइनफल्ग्रस्त ४८ वर्षीय पुरुषको ओम अस्पतालमा मंगलबार राति मृत्यु भएको छ । उनी केही दिनदेखि भेन्टिलेटरमा थिए ।
गत सोमबार थुकको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा स्वाइन फ्लु पुष्टि गरेको हो । स्वाइन फ्लुले राजधानीका अस्पतालमा मर्नेहरुको संख्या तीन पुगेको छ ।
गत सोमबार थुकको नमुना परीक्षण गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएकोमा स्वाइन फ्लु पुष्टि गरेको हो । स्वाइन फ्लुले राजधानीका अस्पतालमा मर्नेहरुको संख्या तीन पुगेको छ ।

उनलाई दम,श्वाससम्बन्धी रोग थिएन,उनी स्वाइन फ्लु जोखिम समूहका थिएनन्’ अस्पतालका मेडिकल डाइरेक्टर डा. हरिश जोशीले भने,‘बिरामीको प्रत्यक्ष सम्पर्कमा रहेका स्टाफलाई साताभर अनुगमन गर्छौ ।’
रुघाखोकीको लक्षणसहित अस्पताल आएका ती व्यक्तिको स्वास्थ्य अवस्था विग्रिएपछि स्वाइन फ्लुको आशंकामा आइसोलेट आइसियूमा राखिएको थियो । आजको कान्तिपुर दैनिकमा खबर छ ।