Header Ads

कोरियाली भाषा परीक्षा जेठ अन्तिममा, पोखरामा पनि परीक्षा केन्द्र

काठमाडौं, चैत्र १०  । कोरियाली भाषा परीक्षा आगामी जेठ ३० र ३१ गते सञ्चालन हुने भएको छ। सन् २०१६ मा काम गर्न दक्षिण कोरिया जानेका लागि भाषा परीक्षा लिन लागिएको हो।

 यसका लागि वैशाख ३ देखि ६ गतेसम्म आवेदन फाराम बुझाउने व्यवस्था मिलाइएको छ। रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाले सोमबार यो निर्णय गरेको हो। यसपटक राजधानीबाहेक पोखराबाट पनि परीक्षा दिन पाइनेछ।

ईपीएसबाट परीक्षा लिन थालेपछि पहिलोपटक राजधानीबाहिरबाट परीक्षा दिन पाइने भएको हो। यो छैटौं भाषा परीक्षा हो। भाषा परीक्षाको नतिजा साउन १६ गते प्रकाशित हुनेछ। परीक्षा सञ्चालनलाई क्रमश: विकेन्द्रीत गर्ने नीति बमोजिम यसपटक पोखराबाट पनि लिन लागिएको हो।

आगामी वर्ष अन्य प्रमुख सहरमा समेत परीक्षा केन्द्र तोकिने ईपीएस कोरिया शाखाले जानकारी दिएको छ। यसपटक काठमाडौं उपत्यकाका चार स्थान र बाहिर पाँच गरी कुल नौ स्थानबाट आवेदन फारम बुझाउन पाइनेछ।

ईपीएस कोरिया शाखाका अनुसार उपत्यकाबाहिर डडेलधुरा, बुटवल, पोखरा, जनकपुर र धरानबाट आवेदन फारम बुझाउन सकिनेछ। उपत्यकाकामा आवेदन बुझाउने क्षेत्र भने पछि निर्धारण गरिने स्रोतले बताए  ।
Powered by Blogger.