विश्वकपमा आज: बलियो अफ्रिकालाई उदीयमान आयरल्यान्डको चुनौती
क्यानबेरा, एजेन्सी । चालू विश्वकपको मंगलबार हुने खेलमा बलियो दक्षिण अफ्रिका र उदीयमान आयरल्यान्ड भिड्दै छन्। जारी विश्वकपमा हालसम्मको प्रदर्शनलाई आधार मान्दा दक्षिण अफ्रिकाले एक खेलमा हार भोगेको छ भने आयरल्यान्ड अपराजित टिम हो ।
अविश्वसनीय टिमको छवि बनाएको आयरल्यान्डले वेस्ट इन्डिज र युएईलाई हराएर आफ्नो परिचय दिइसकेको छ। भारतसँग हार भोगेको दक्षिण अफ्रिकाले जिम्बावे र वेस्ट इन्डिजलाई भने हराएको थियो।
ह्यामस्ट्रिङ समस्याका कारण दक्षिण अफ्रिकाका भरपर्दा खेलाडी भेर्नन फिलान्डर र जेपी डुम्नीले मंगलबार खेल्न सक्ने वा नसक्ने अझै निश्चित भइसकेको छैन। एसोसियट राष्ट्र आयरल्यान्ड र दक्षिण अफ्रिकाबीच हालसम्म तीनपटक भिडन्त भएको छ। तीनवटै खेलमा दक्षिण अफ्रिकाले सफलता हात पारेको छ। सन् २००७ र सन् २०११ को विश्वकपमा दक्षिण अफ्रिकाले आयरल्यान्डलाई क्रमश: सात विकेट र एक सय ३१ रनले हराएको थियो। सन् २००७ मा भएको खेलमा पनि दक्षिण अफ्रिका ४२ रनले विजयी भएको थियो। आयरल्यान्डका कप्तान विलियम्स पोर्टरफि ल्ड आफ्नो टिमलाई कुनै दबाव नभएका कारण खुलेर खेल्ने बताउँछन्।

'हामीसँग क्षमता छ, त्यसैले विश्वकपमा हामीले सफलता पनि हात पार्दै आएका छौं। हामीलाई कसैले पनि कमजोर टिमको रूपमा नहेरे हुन्छ', उनी भन्छन्। उनले सचिन तेन्दुल्कर र भारतका कप्तान महेन्द्रसिंह धोनीले एसोसियट राष्ट्रको पक्षमा गरेको वकालतको खुलेर प्रशंसा पनि गरे। विश्वकपको ११औं संस्करणसम्म आइपुग्दा सातपटक दोस्रो ब्याटिङ गर्ने टिमले तीन सयको आँकडा पार गरेका छन्। सातमध्ये श्रीलंकाले दुईपटक विश्वकपमा सफलतापूर्वक तीन सयभन्दा बढी रन पछ्याएको छ।
सर्वाधिक तीन सय रन सफलतापूर्वक पार गर्ने अर्को टिम भने आयरल्यान्ड हो। आयरल्यान्डले यस्तो उपलब्धि तीनपटक हासिल गरेको छ। चालू विश्वकपमा वेस्ट इन्डिजविरुद्धको खेलमा तीन सय रनभन्दा बढीको लक्ष्यलाई सफलतापूर्वक पछ्याएको आयरल्यान्डले सन् २००७ मा पाकिस्तान र सन् २०११ को विश्वकपमा इङल्यान्डविरु द्ध पनि यस्तै सफलता हात पारेको थियो। आयरल्यान्डको यही खुबीका कारण दक्षिण अफ्रिका पनि मंगलबारको खेललाई लिएर सचेत देखिन्छ। दक्षिण अफ्रिकाका अलराउन्डर फरहान बेहार्डियनले पनि उच्च फर्ममा रहेको आयरल्यान्डको प्रदर्शनबाट आफूहरू सचेत रहेको बताए।
उनले आयरल्यान्डलाई कमजोर ठान्नु भुल हुने भएकाले दक्षिण अफ्रिकाका हरेक खेलाडीले उच्चस्तरको प्रदर्शन गर्ने दाबी समेत गरे। दक्षिण अफ्रिकाका तेज बलर डेल स्टेनका लागि आयरल्यान्डविरुद्धको खेलले विशेष महत्त्व बोकेको छ। उक्त खेल उनको जीवनको एक सयौं अन्तर्राष्ट्रिय एकदिवसीय खेल हुनेछ।