Header Ads

पुरुषसरह महिलाले पनि समान ज्याला पाउन थाले

दाङ, फागुन २४ । पुरुषसरह काम गर्दा पनि समान ज्याला पाउनबाट वञ्चित मनचली चौधरीलाई अब त्यस्तो समस्या नपर्ने भएको छ । बिहानै उठी दिनभर काममा घोट्टिँदा पनि उनको ज्याला उनीसँगै काम गर्ने पुरुषसरह हुँदैनथ्यो तर अब भने समान ज्याला पाउने गरेकामा उनी निकै खुसी छन् । लामो समयसम्म स्थानीय वीरबहादुर चौधरीसँग लेबर काम गर्दै आएको र दुई वर्ष अगाडि सीप विकास तालिम केन्द्र तुलसीपुरले महिलालाई लक्षित गरी आयोजना गरेको डकर्मी तालिममा सहभागी भएपछि पुनः वीरबहादुरकै सहयोगमा गाह्रो लगाउने काम गर्न सक्ने भएपछि पुरुषसरह समान ज्याला पाउन थालेकी हुन् ।

“बिहानैदेखि साँझसम्म दिनभर काममै लाग्दा पनि पुरुषसरह ज्याला नदिएर हामीलाई काम गर्न लगाइन्थ्यो विगतका दिनको स्मरण गर्दै उनले भनिन् । तुलसीपुर नगरपालिका वडा नं ६ मोतिपुर निवासी मनचलीको चाहना थियो कहिले पुरुषसरह ज्याला पाउने होला तर धेरै वर्षपछिमात्र पूरा भयो उनको पुरुषसरह ज्याला पाउने चाहना । उनी भन्छिन्, “लेबर काम दुर्गा पुरुषसरह ज्याला नपाउँदा उनको मन खिन्न हुन्थ्यो अनी मनमनै कुरा खेल्न थाल्थे आखिर मैले पनि पुरुषजस्तै काम सिक्नुपर्छ । मिस्त्री काम सिकेपछि पारिश्रमिक राम्रो हुने र घरपरिवारको खर्च टार्न पनि सजिलो हुने भन्दै उनी तालिममा सक्रिय रुपमा सहभागी भइन् ।

लेबर काम गर्दा दैनिक रु २०० पाउने गरेकी मनचलीले विगत एक वर्षयता भने पुरुषसरह घरको गाह्रो लगाउने काम गर्न थालेपछि दैनिक रु ४५० पाउने गरेको बताउँछिन् । मनचलीले भनिन्, “यही विभेदका कारण नै पुरुषसरह ज्याला पाउने काम गर्न खोजेकी हुँ ।” एक छोरा एक छोरीकी आमा २७ वर्षीया मचली चौधरी घरको आर्थिक स्थिति कमजोर भएको सानैदेखि पढाइबाट वञ्चित भएको भए पनि अब भने छोराछोरीको भविष्य उज्ज्वल गराउन दिनरात काममा खटिरहने गरेको बताउँछिन् । उनले भनिन् श्रीमान् पनि कमाउन भारत जानुभएको छ ।

 अहिले मनचलीमात्र होइन उनीसँगै सोही ठाउँकी शान्ता चौधरी, विजया चौधरीले पनि घर गाह्रो लगाउने काम गरिरहेका छन् । एक वर्ष अगाडिदेखि उक्त काम सिक्दै गरेका ती महिलाले अब भने पुरुष सरह नै काम गरेबापत ज्याला पाउन सक्ने भयौँ भन्दै खुसी भएका छन् । विगतका दिनमा आफूहरुले पुरुषसँगै दिनभर लेबर भएर काम गथ्र्यांै तर ज्याला पाउँदा उनीहरुले रु ४५० प्रतिदिनको ज्याला पाउँथे आफूहरुले भने रु २०० मात्र । त्यसले मन खिन्न हुन्थ्यो तैपनि केही नबोलेर ज्याला लिने गथ्र्यांै शान्ताले विगतलाई स्मरण गर्दै बताइन् ।

अनि मनमनै सोच्ने गर्थें अब त गाह्रो लगाउने काम जसरी भए पनि सिक्छु । यसैबीच सीप विकास तालिम केन्द्र तुलसीपुरले जिल्लाका विभिन्न ठाउँका ८० जना महिलालाई डकर्मी दिएको जनाएको छ । सीप विकास कार्यालय तुलसीपुरमा यस वर्ष भने उक्त तालिम नभएको र आगामी वर्ष माग गर्ने योजना रहेको कार्यालयले जनाएको छ । केन्द्रका प्रमुख नारायण रेग्मीले दिएको जानकारीअनुसार तालिम लिएकामध्य हालसम्म २० जना महिलाले अहिले जिल्लाका विभिन्न ठाउँमा भवन निर्माण, पर्खाल निर्माणका काममा गाह्रो लगाउने सक्ने भएका छन् । उक्त तालिममा सहभागीमध्ये एक दर्जन बढी दिदीबहिनीले आफ्नो सीप, क्षमता देखाउन सक्नुभयो केन्द्र प्रमुख रेग्मीले बताउनुभयो ।
Powered by Blogger.