भारतीय टोलीले ल्याएको उपकरणले काम गर्न सकेन, अब कहिलेसम्ममा खुल्छ अवरुद्द विमानस्थल ?
काठमाडौं, फागुन २३ । दुर्घटनाग्रस्त टर्किस एयरलाइन्सको जहाज हटाउन बिहीबार बेलुकादेखि निरन्तर प्रयास गरिरहेको भारतीय सेना र प्राविधिक जनशक्तिसहितको जहाज रिकभरी टोलीले शुक्रबार बेलुका काम रोकेको छ। भारतीय टोलीले ल्याएको उपकरणले काम गर्न नसकेपछि शुक्रबार साढे सात बजेदेखि काम रोकेको विमानस्थल स्रोतले जानकारी दियो।
स्रोतका अनुसार जमिनमा धस्सिएको जहाजको अगाडिको नोज बल्ततल्ल उठाए पनि शुक्रबार बेलुका फेरि भास्सिएपछि काम रोकिएको हो। जहाज हटाउने काम रोकिएपछि विमानस्थल खुल्ने समय अनिश्चित भएको छ। भारतीय टोलीले जहाज रिकभरी गर्न ल्याएको प्राविधिक टोलीले काम रोकेको औपचारिक जानकारी भने प्राधिकरणले दिएको छैन। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतीशचन्द्रलाल सुमनले भने काम भइरहेकाले र थप काम गर्न बैठक भइरहेको बताए। उनले प्राधिकरणका तर्फबाट पहल भइरहेकाले आफूलाई डिस्टर्ब नगर्न अनुरोध गरे। उनले काम रोकिएको सम्बन्धमा केही बताउन चाहेनन्। उनले भने,‘जसले तपाईंलाई काम रोक्यो भन्यो, उसैसँग सोध्नुस्।’
जहाजको अगाडिको ल्यान्डिङ गियरलाई ब्लाडरले फुलाएर ट्रकमा अड्याएर राखिएको छ भने पछाडिको बायाँपट्टिको इन्जिनमा भएको इन्धन र कार्गोको लोडका कारण जहाज पहिलेभन्दा झन् धस्सिएपछि रिकभरी टोलीले काम रोकेको हो। ब्लाडर राखेर जहाज उठाउँदा अगाडिको बडी उठे पनि पछाडिको पांग्रा उठेन। शुक्रबार बिहान उठेको भन्दा पनि पांग्रा तल भास्सिएपछि काम रोकिएको हो। रिकभरी टोलीले काम रोकेपछि प्राधिकरण, नेपाल वायुसेवा निगम, नेपाल प्रहरीसहितको टोली पाखा लागेको छ।
काम रोकिएपछि भारतीय टोलीलाई सहयोग गर्न बसेको नेपाल वायुसेवा निगमको टोली पन्छिएको हो। जहाजको तौल एक सय ५० टनमात्र रहेको भनिए पनि प्राविधिक टोलीले जहाज एक सय ८० टनसम्म रहेको बताएको छ। जहाजमा रहेको ३२ टन इन्धनमध्ये अझै बायाँतर्फको १७ टन र कार्गोका समान निकाल्न नसकिएको जानकारी सुमनले दिए। भारतीय टोलीले काम गर्न नसकेपछि शनिबार नै टर्कीको इस्तानबुलबाट अर्को टोली आउने भएको छ। सुमनले पनि भारतीय टोलीले काम गर्न सक्दैनौं भनेकाले टर्कीबाटै एयरबसको टोली आउने जानकारी पत्रकार सम्मेलनमा दिएका थिए।
भारतीय वायुसेनाको रिकभरी टोली आउनुअघि नै टर्किस एयरलाइन्सले आफ्नै टोली पठाउने प्रस्ताव गरेको थियो। टर्कीबाट आउँदा कम्तीमा सात घन्टा लाग्ने भएकाले छिटोका लागि भारतीय टोली ल्याइएको जानकारी सुमनले दिएका थिए। अब टर्कीबाट आएकै टोलीको काम गर्ने भएकाले विमानस्थल कहिले खुल्छ भन्ने टुंगो छैन। आजको अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ । विमानस्थल खुल्ने टुंगो नभएकै कारण जेट एयरवेजले मु बईमा रहेका यात्रुलाई गाडीमा काठमाडौं पठाएको छ।
दिल्ली विमानस्थलबाट काठमाडौं उड्न तयार यात्रुलाई बुधबार उडाउन नसकेपछि जेटले मुम्बईको होटेल लीला प्यालेसमा लगेर राखेको थियो। होटेलमा बसेका यात्रुलाई विमानस्थल जाने भन्दै जेटका कर्मचारीले लिएर गएको लीला होटेलका कर्मचारीले टेलिफोन कुराकानीमा जानकारी दिए।