टर्किस जहाज दुर्घटनास्थलबाट २५ जनाको विशेषज्ञ टोलीले यसरि हटाँइदै
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गमा बुधबार बिहान दुर्घटनामा परेको टर्किस एयरलाइन्सको जहाज हटाउने काम अन्तिम चरणमा पुगेको छ।
भारतबाट आएको २५ जनाको विशेषज्ञ टोलीले बिहीबार साँझदेखि काम सुरुआत गरेपछि हटाउने काम अन्तिम चरणमा पुगेको त्रिभुवन विमानस्थलका प्रबन्धक पूर्ण चूडालले अन्नपूर्णलाई बताए। उनका अनुसार दुर्घटनाग्रस्त जहाजलाई सर्वप्रथम उठाउने काम गरिएको छ।

उनले भने, 'बिग्रिएका सबै चक्काहरु फेर्ने काम भइसकेको छ। अब धकेलेर पछाडी लैँजाने काम बाँकी छ। सो काम बिहान ९ बजेदेखि सुरुआत गर्दैछौ।' उनका अनुसार अहिले धावनमार्गमा लैजान घाँसे मैदानमा बाटो बनाउने काम भइरहेको छ। शुक्रबार बिहान १० बजेसम्मका लागि सबै अन्तर्राष्ट्रिय उडान रद्द गरिएको भए पनि त्यसपश्चात सबै अन्तराष्ट्रिय उडान सुचारु गरिने तयारी भएको चूडालले बताए।
नेपाल नागरिक उड्डयन प्राधिकरणले जहाज 'रिकभर' गर्न आवश्यक प्रविधि र जनशक्ति नभएकाले सरकारको विशेष अनुरोधमा भारतीय वायुसेवाको जहाजमार्फत बिहीबार विशेषज्ञ तथा 'एयरक्राफ्ट मुभिङ किट' झिकाइएको थियो।
भारतीय वायुसेवाको जहाजमा आएको विशेष टोलीमा १३ जना भारतीय सेना र १२ जना प्राविधिक विशेषज्ञले सो काम गरेका थिए।