मिति: वि.सं.२०७१ साल चैत्र ६ गते । शुक्रबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?
- मिति: २०७१ चैत्र ६ शुक्रबार
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
पारिवारिक सम्बन्ध सुखमय रहनेछ। पतिपत्नीबीच सद्भाव बढ्नेछ। मन प्रफुल्ल रहनेछ। सन्तान सुख हुनेछ। इच्छा पूरा हुनेछन्।वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
धार्मिक कार्यमा रुचि बढ्नेछ। अध्ययनअध्यापनमा सफलता प्राप्त हुनेछ। आयआर्जनको नयाँ स्रोत देखा पर्न सक्छ। अनावश्यक खर्चमा सुधार हुनेछ।मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
पराक्रम बढ्नुका साथै नवीन सिद्धान्तको उदय हुनेछ। विशिष्ट व्यक्तिको सहयोग प्राप्त हुनाले मन प्रसन्न रहनेछ। शारीरिक चोटपटक लाग्न सक्छ।कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नारीको सहयोगले मानप्रतिष्ठामा वृद्धि हुनेछ। समाजमा नयाँ कार्य गर्ने अवसर प्राप्त हुनेछ। कुरा काट्नेहरू बढ्नेछन्। भाग्यशक्ति बलियो रहनेछ।सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
मनमा उत्साह बढे पनि काममा स्थिरता आउनेछ। स्वास्थ्य सामान्य रहनेछ। रमाइलो यात्राको अवसर मिल्नेछ। आकर्षण क्षमतामा कमी आउनेछ।कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
अनावश्यक वादविवाद बढ्नाले मन विचलित रहनेछ। बोल्दा विचार पु:याउनुहोला। व्यवसायमा सामान्य लाभ मिल्नेछ। बौद्धिकताको विकास हुनेछ।तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
व्यवसाय निर्यातमा अपेक्षाकृत आर्थिक लाभ मिल्नेछ। आँखाको समस्या देखा पर्नसक्छ। समाजमा मानप्रतिष्ठाको वृद्धि हुनेछ। शत्रुबाट प्रताडित हुनुपर्ला।वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
खोज तथा अनुसन्धानमूलक कार्यमा रुचि बढ्नेछ। आफन्तसँगको कारोबारमा मनमुटाव बढ्न सक्छ। रोजगारीमा द्विविधा उत्पन्न हुनेछ।धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
परिवारमा सौहाद्र्रता बढ्नेछ। प्रेमीप्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ। यात्रा सफल बन्नेछ। शत्रुहरू परास्त हुनेछन्। दैनिक कार्यमा इच्छाशक्ति बढ्नेछ।मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
स्वास्थ्यमा समस्या आउनाले दिन अलि कष्टकर रहनेछ। आयआर्जनमा अवरोध आउनेछ। शत्रुहरूमाथि विजय प्राप्त हुनेछ। धर्ममा उदासीनता बढ्नेछ।कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
मित्रजनको सहयोगले कार्यमा सफलता मिल्नेछ। पेटको समस्याले सताउन सक्छ। पढाइमा सुधार आउनेछ। मनमा चञ्चलता बढ्नेछ।मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
व्यापारव्यवसाय सामान्य रहनेछ। आफन्तले धोका दिन सक्नेछन्। धार्मिक यात्राको योग छ। चोटपटक लाग्न सक्छ। अध्ययनमा रुचि बढ्नेछ।
© Copyright : baralguru, All Rights Reserved.
भिडियोमा हेर्नुहोस : आज मिति चैत ६ गते शुक्रबार अनुसार तपाईंको राशी यस प्रकार छ !
भिडियोमा हेर्नुहोस : आज मिति चैत ६ गते शुक्रबार अनुसार तपाईंको राशी यस प्रकार छ !
