कतारमा खुल्ला भलिवल प्रतियोगिता २०१५ आयोजना
बिजय मगर, कतार । नेपाल प्रवासी मगर संघ दोहा कतारको मातहतमा रहेको नेपाल प्रवासी मगर संघ, सनैया ‘बि’ एरिया समिती दोहा कतारले २०१५ मार्च ५ तारिकका दिन “खेलकुदको विकाश र अनुशासन,सभ्य खेलाडीको पहिचान” भन्ने नाराको साथमा सनैया ४५ नं. स्थित अनबिव कम्पनिको खेल मैदानमा भएको खेलमा संस्थाका अध्यक्ष बाबुराम थापामगरको सभापतित्व तथा सह सचिव गोविन्द घर्तिमगरको सञ्चालनमा केन्द्रिय समितीका का.वा. अध्यक्ष महेन्द्र थापामगरको प्रमुख आतिथ्य तथा बिशिष्ट अतिथि २०१५ ̸ ०१६ का दोहा कतारका मगर राजा रविन मगर, केन्द्रिय सदस्यहरु रमेश कनौजे मगर, श्ोर बहादुर रोक्का मगर, कृष्ण रानामगर, केशव घर्तीमगर र भक्त राना मगरको आतिथ्यमा सनैया ‘बि’ एरियाले नेपालीहरुको चाड फागु पर्णिमाको अवसर पारेर खुल्ला भलिवल प्रतियोगिता २०१५ सम्पन्न गरेको छ ।
भलिवल खेल दुई दिन सम्म सञ्चालन भएको थियो । उक्त खेलमा १५ टिमले एक आपसमा प्रतिस्पर्धा गरेको थियो । खेलको अन्तिम चरणमा बाग्लुङ सेवा समाज र लभ ईन नेपाल टिम बिच प्रतिस्प्रधात्मक खेलमा २५ ̸ १९, २५ ̸ १९, २० ̸ २५, २३ ̸ २५ र १० ̸ १२ को सेटमा खेल लभ ईन नेपाल टिम विजय हुन सफल भएको थियो । खेलको अन्तिम समयमा बाग्लुङका पक्षका दर्शकहरुले अवरोध गरी खेलाडीहरुले खेल खेल्न खोज्दा खोज्दै पनि आपसी मन मुटावका कारण बाग्लुङ सेवा समाजका खेलाडीहरुले बिचैमा खेल स्थगित गरेको थियो ।
खेलाडीहरुलाई खेल मैदानमा उपस्थित हुनका लागी १५ मिनट समय दिंदा पनि खेलाडीहरु उपस्थित नभएर खेलमा रेफ्रीको निर्णय नै अन्तिम निर्णयमा दुवै टिमले हस्ताक्षर गरेको करारनामा पत्र अनुसार रेफ्रीले लभ ईन नेपाल टिमलाई विजय घोषित गरेका थिए । आयोजकको तर्फवाट विजेता टिमलाई खेल जिवनको सफलताको कामना गर्दै एउटा घोर्ले खसी र खेलाडीहरुलाई प्रमाण पत्र प्रमुख आतिथि महेन्द्र थापामगरको हात वाट प्रदान गरिएको थियो ।भलिवल खेल दुई दिन सम्म सञ्चालन भएको थियो । उक्त खेलमा १५ टिमले एक आपसमा प्रतिस्पर्धा गरेको थियो । खेलको अन्तिम चरणमा बाग्लुङ सेवा समाज र लभ ईन नेपाल टिम बिच प्रतिस्प्रधात्मक खेलमा २५ ̸ १९, २५ ̸ १९, २० ̸ २५, २३ ̸ २५ र १० ̸ १२ को सेटमा खेल लभ ईन नेपाल टिम विजय हुन सफल भएको थियो । खेलको अन्तिम समयमा बाग्लुङका पक्षका दर्शकहरुले अवरोध गरी खेलाडीहरुले खेल खेल्न खोज्दा खोज्दै पनि आपसी मन मुटावका कारण बाग्लुङ सेवा समाजका खेलाडीहरुले बिचैमा खेल स्थगित गरेको थियो ।

खेल भरिमा उत्कृष्ट सटर बाग्लुङ सेवा समाजका बेल गौचन, उत्कृष्ट लिफ्टर लभ ईन नेपाल टिमका शंकर ठकुरी,उत्कृष्ट लिब्रो मेख गुरुङ, उत्कृष्ट ब्लकर पशुपति रानामगर र उत्कृष्ट खेलाडी बन्न बाग्लुङ सेवा समाजका दिपक थापामगर सफल हुनु भएको थियो । खेल भरिका सवै उत्कृष्ट खेलाडीहरुलाई खेल जिवनको सफलताको कामनाका साथमा प्रमाणपत्र प्रदान गरिएको थियो ।
अन्तमा, सभापतिद्धारा खेल सम्पन्न गर्नका लागी अहोरात्र खटिनु भएका स्वयंसेवक, खेलाडीहरु तथा दर्शकवृन्दमा बिशेष धन्यवाद दिनुहुँदै आगामी दिनहरुमा पनि यस्तै राम्रा राम्रा कार्यहरु यस समितिले गर्दै लैजाने जानकारी दिंदै खेल समाप्त भएको घोषणा गर्नु भयो ।
