Header Ads

खाडी मुलुकमा महिलाको चाप बढ्यो, शारीरिक तथा मानसिक शोषण उत्तिनै

काठमाडौं,फागुन २५ । वैदेशिक रोजगारीका सिलसिलामा सवा लाखभन्दा बढी महिला देशबाहिर छन् । यो कुल बिदेसिने नेपालीको ३.३९ प्रतिशत हो विदेशमा ३७ लाख ३३६ युवा गएको सरकारी तथ्यांक छ ।

वैदेशिक रोजगार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको फागुनसम्ममा १ लाख २७ हजार ६५४ महिला रोजगारीका क्रममा देशबाहिर गएका छन् । पौरखी नेपालका अध्यक्ष मञ्जु गुरुङले राज्यले गर्ने गलत नीतिले महिलाको संख्या कम देखिएको बताइन् ।

‘सरकारले महिला विदेशमा समस्यामा परेको सुन्नेबित्तिकै व्यवस्थित गर्नुको सट्टा महिलालाई विदेश जान बन्द गरिदिन्छ,’उनले भनिन्, ‘नेपाल खुला सिमानम भएकाले महिलाहरु भारतको बाटो हुँदै विदेश पुग्छन् । झन् यसले समस्या निम्त्याएको छ ।’

महिला कामदार विदेशमा शारीरिक तथा मानसिक शोषणमा पर्ने गरेका छन् । सरकारले घरेलु काममा समस्या परेको भन्दै खाडी मुलुक हाउसमेडको रुपमा जान बन्द गरेको छ । -कारोबार दैनिकबाट
Powered by Blogger.