Header Ads

नबालिका बलात्कार गर्नेलाई सर्वस्वसहित आजीवन काराबासको माग

काठमाडौ, फागुन २५ । संयूक्त महिला संघले बाराको कलैया ८ कि ६ वर्षीया नावालिका पुजा साहको बलात्कार गर्ने अपराधीहरुलाई सर्वस्वसहित आजिवन कारावासको माग गरेको छ । रिपोर्टर्स क्लब नेपालले सोमबार आयोजना गरेको साक्षात्कारमा उपस्थिति विभिन्न दलका महिला नेतृहरुले बलात्कारपछि निधन भएकी नावालिकाका आफन्तलाई क्षतीपूर्ति दिन सरकारसँग माग गर्दै महिला र बालवालिकामाथि अत्याधिक मात्रामा भईरहेका हिंसा र अपराधलाई नियन्त्रण गर्न शान्ति सुरक्षाको ब्यवस्थागर्न मिलाउन तर्फ लाग्न सुझाव दिए ।

बारा कलैया ८ का नारायण साह र प्रमिला साहकी ६ बर्षे नावालिका छोरी पुजा साहको गत ९ गते कन्हैया गुप्ताले बालात्कार गरपछि सामूहिक बलात्कारगरी योनीमा लाठी ठुसी दिएका थिए । उनको राजधानीको कान्ती बाल अस्पतालमा उपचारको क्रममा आईतवार साझ निधन भएको हो ।

कार्यक्रममा बोल्दै अखिल नेपाल महिल संघकी अध्यक्ष एवम नेकपा एमालेकी उपाध्यक्ष विद्यादेवी भण्डारीले बालिका बलात्कारको घटनाले देशको नैतिकता झुकेको भन्दै यसले नेपालीको बेईज्जत गरेको भन्दै दोषीमाथि कडा भन्दा कडा कारवाहीको माग गरिन । उनले सरकारले यस्ता नैतिकहिन अपराधलाई नियन्त्रण गर्न आफ्नो सक्रियता बढाउनुपर्ने सुझाव दिईन ।

अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष मिना पाण्डेले घटनाको छानविन गरेर अपराधीहरुलाई कडा भन्दा कडा कारवाहीको माग गर्दै सरकारलाई यस्ता घटना नियन्त्रणमा तदारुकता देखाउन माग गरिन । नेपाल महिला संघकी अध्यक्ष डिला संग्रौलाले २१ औ शताब्दिमा महिलामाथि यस्तो घटना हुनु लाजमर्दो भएको भन्दै यसले मुलुकको शिर निहुराउने भएकोले दोषीमाथि कडा भन्दा कडा कारवाही गर्न माग गरिन ।

अखिल नेपाल महिला संघ (क्रान्तिकारी)का अध्यक्ष अमृता थापाले मुलुकमा लोकतन्त्र आईसक्दा समेत नेपाली छोरी चेलीको जिउधनको सुरक्षा हुन नसकेको प्रति असन्तुष्टी ब्यक्त गरिन । उनले यस्ता घटना गर्नेलाई कानून संसोधन गरेर भए पनि फाँसीको सजाय दिनु पर्नेमा जोड दिईन ।
Powered by Blogger.