Header Ads

सफल कोरियोग्राफर बनेर देशको शिर उच्च राख्न चहान्छु : दीपिका शर्मा

प्रकृतीको सुन्दरताले सजिएकी र अनुपम कलाले भरिपुर्ण, हेटौंडाको सान र हेटौंडाको गौरबलाई माथी उठाउन र सफलताको शिखर चुम्न सफल मकवानपुरको हेटौडा उपमहानगरपालिका–५, चिसापानीमा बुवा घनश्याम शर्मा उपाध्याय तथा आमा विनिता पौडेल ( शर्मा) को कोखबाट २०५३/०७/११ मा जन्मिएर हेटौंडा बाट नेपाली रंगमञ्चमा उदाएकी चम्किलो तारा हुन दीपिका शर्मा ।
हाल हेटौंडा उपमहानगरपालिका–९, सिमेन्ट रोड स्थायी घर भएकी, बिषेशगरी नृत्य, र पठनपाठनमा रुची राख्ने दीपिका अहिले आम नृत्य प्रेमीहरुको मन मुटुमा राजगर्न सफल भएकी छिन् । करिब तीन वर्षको उमेरदेखी नृत्य क्षेत्रमा पाईला चालेर “मिस बेवी ट्यालेन्ट”, “मिस ट्यालेन्ट हन्ट”, “मिस स्वीट”, “मिस नेचुरल ट्यालेन्ट” एवर्ड हासिल गर्न सफल तथा नृत्य क्षेत्रमा अन्य बिभिन्न उपाधीहरु हाँसिल गरेर सफलताको शिखरमा पुगेकी हेटौंडा स्कुल अफ म्यानेजमेन्टमा वि. वि. एस दोस्रो वर्षमा अध्यनरत रुप तथा कला ले भरिपुर्ण दीपिका शर्मासंग दिपक सिंह रुम्बाले गरेको कुराकानीको सम्पादित अशं :

– बिषेशगरी अहिले के मा व्यस्त हुन्नुहुन्छ ?
अहिले बिषेश गरी पढाईमा नै अलि बढि व्यस्त छु । पढाईको निरन्तरतासंगै विभिन्न स्थानमा हुने कार्यक्रमहरुमा आफ्नो कला प्रतुत गर्ने यस्तै यस्तै गरी दिनहरु व्यतित हुँदैछ । – कलाकारितको शुरुवात

-कहाँबाट गर्नु भएको थियो ?
मेरो सानैदेखीको ईच्छा भनेको नृत्य गर्ने र पारिवरीक पृष्ठभुमी पनि त्यस्तै भएकोले म मनकामना ईंलिस बोर्डिङ स्कुलमा नर्सरीमा पढ्दै गर्दा ‘समर फेशन परेड २००० मिस बेवी ट्यालेन्ट’मा सहभागी भएर उक्त प्रतियोगतामा प्रथम भएदेखी यस क्षेत्रमा लागेकी थिए ।

– बिषेशगरी यो क्षेत्रमा लाग्नु भएको कति समय भयो ?
यस क्षेत्रमा लाग्द म तीन वर्षकी थिए । हेटौडामा रहेको मनकामना ईंलिस बोर्डिङ स्कुलमा नर्सरीमा पढ्दै गर्दा देखी म यस क्षेत्रमा लागेकी थिए । र अहिले पनि निरन्तर यस क्षेत्रमा नै छु ।

– यस क्षेत्रमा लाग्न र स्थापित हुन कत्तिको संघर्ष गर्नु भयो ?
यस क्षेत्रमा लाग्न मलाई खासै संघर्ष गर्नु परेन सानैदेखी घरपारीवार, मेरो अग्रज गुरु, सञ्चार माध्यम, सञ्चारकर्मीहरुको साथ सहयोग तथा मेरो कलालाई मन पराउनु हुने आम दर्शकको माया र साथबाट मलाई यस क्षेत्रमा प्रवेश गर्न र स्थापित हुन खासै समय लागेन ।

– तपाईले नृत्य क्षेत्र नै रोज्नुको कारण के हो ?
हो कलाकारीताको क्षेत्रहरु धेरै छन तर मलाई नृत्य गर्ने सानैदखीको चहाना भएकोले सानै उमेरदेखी यस क्षेत्रमा लागियो र मलाई यो क्षेत्रमा नै मेरो भविश्य देखेर यस क्षेत्र रोज्न पुगे । र निरन्तर यसक्षेत्रमै लागिरहने छु । –

नृत्य क्षेत्रमा आफ्नो  भविश्य कस्तो देख्नु भएको छ ?
हरेक व्यक्तिलाई आफुले रोजेको बाटोमा सफलता देखेको हुन्छ र मेरो रोजाईको क्षेत्रनै नृत्य भएकोले भविश्यमा स्थापित हुन्छु भन्ने साचाई भएकोले मेरो भविश्य यस क्षेत्रमा ने देखेकी छु ।

– यती सानै उमेरमा नृत्य क्षेत्रमा यति धेरै सफलता पाउनु भएको छ कस्तो अनुभव हुँदैछ ?
आज मैले पाएको सफलता बाट म धेरै खुसी भएको छु । मैले सानैदेखी गरेको मेहेनतको प्रतिफल राम्रो पाँउदा धेरै खुसी लागेको छ ।

– यसरी नृत्य क्षेत्रमा सफलता पाउनुमा प्रेरणाको श्रोतको रुपमा कसलाई लिनु हुन्छ ?
म यसरी यस क्षेत्रमा सफल हुनुमा मेरो घरपरिवार प्ररणाको मुख्य श्रोत हो । साथै अग्रज गुरुहरु, विभिन्न संघसंस्था, आम सञ्चार माध्यमहरु, सम्पुर्ण दर्शक तथा मेरो कलालाई मन पराउनुहुने सबैलाई पनि म मेरो सफलताको प्रेरणाको रुममा लिन चहान्छु ।

– यस क्षेत्रमा लाग्न तपाईलाई पारिवरिक साथ र सहयोग कत्तिको पाउनु भएको छ ?
मलाई क्षेत्रमा यसरी स्थापित हुनुकालागी मलाई मेरो परिवारको धेरै साथ र सहयोग महत्वपूर्ण रहेको छ । मलाई यहाँसम्म पुर्याउने पहिलो खुड्किलो नै मेरो घर परिवार हो ।

– भविश्यको लक्ष्य के हो ?
भविश्यमा गएर सफल कोरियोग्राफर बन्ने र नेपाल र नेपालीको शिर उच्च राख्ने मेरो लक्ष्य रहेको छ ।

– चढ्दो उमेर यती राम्री पनि हुनुहुन्छ प्रेम प्रस्ताव कत्तिको आँउछ ?
प्रस्तावत आँउछ तर मेरो सोचाई त्यता तिर गएको छैन ।

– तपाई कसैलाई प्रेममा गर्नु भएको छ ?
अहिले सम्म कसैलाई प्रेमीको रुपमा प्रेम गरेकी छैन ।

– विवाह गर्ने सोचमा त हुनुहुन्न ?
नाई त्यस्तो सोचेको छैन तर घरबाट असल केटा माग्न आएमा बिवाह गरिदिने भन्दै हुनुहुन्छ ।

– राम्रो र असल केटाले माग्न आएमा के गर्नु हुन्छ ?
परिवारको सल्लाह अनुसार जे राम्रो हुन्छ त्यही गर्छु ।

 – तपाईको बिचारमा प्रेम के हो ?
प्रेम हाम्रो जीवनको एक महत्वपूर्ण अंग हो किनकी प्रेमबिना कुनै पनि समाजको परिकल्पना गर्न सकिदैन र एक आपसमा गरिने प्रेमबाट नै यो संसार चलेको छ ।

– यस क्षेत्रमा प्रवेश गर्न खोज्ने नयाँ प्रतिभाहरुलाई के सल्लाह दिनु हुन्छ ?
यस क्षेत्रमा आउनुहुने नयाँ प्रतिभाहरुलाई म के भन्न चहान्छु भने राम्रो मेहेनत गरेर यस क्षेत्रमा लाग्नुहोस अवश्य सफलता पनउनुहुनेछ ।

– अन्त्यमा 
अन्त्यमा मेरो मनको कुरा राख्न सहयोग गर्नु भएकोमा दिपक सिंह रुम्बालाई बिषेश धन्यबाद दिना चहान्छु, मेरो प्रतिभाको लाई माया गर्नुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद र मेरोअनलाईन खबर डट कम परिवारप्रती हादिर्क आभार प्रकट गर्दै सम्पुर्णलाई मलाई र मेरो कलालाई अहिले जसरी माया र साथ दिनु भएको छ सधैँ त्यसरी नै साथ र माया दिनु हुन अनुरोध गर्दै तपाई जहाँ हुनुहुन्छ खुसि र सुखि रहनुहोस र नेपाली कला र संस्कृतीलाई माया गरी रहनुहोस । धन्यबाद ।

दीपिका शर्माको बारेमा अन्य थप जानकारीहरु
मनपर्ने खेल : फुटवल र बास्केटवल
मनपर्ने खाना : मः मः र पिज्जा
मनपर्ने पिउने पदार्थ : जुस
मनपर्ने लुगा : गुन्यू चोलो र कुर्ता सुरुवाल
मनपर्ने ठाउँ : पोखरा
मनपर्ने कलाकार : राजेश हमाल र निरुता सिंह
रमाईलो लाग्ने : बाटेको धुप बनाउन र सिन्के धुप बनाउन
भविष्यको लक्ष्य : सफल नृत्य निर्देशक बन्ने
हाल अध्ययनरत स्कुल : हेटौंडा स्कुल अफ म्यानेजमेन्ट
अध्ययनरत कक्षा : वि.वि.एस दोश्रो वर्ष
सम्मान तथा कदर
– सर्व सृजन विविध राष्ट्रिय मासिक पत्रिकाद्वारा २०६६/३/११ मा प्रोत्साहित
– भीम विराग संगीत साहित्य कला प्रतिष्ठान नेपालद्वारा बाल प्रतिमा २०६१ को रुपमा वि.स. २०६३ भदौ ९ गते सम्मानित
– UML party ले २०७१ पौष ५ गते कलाको कदर गर्दै सम्मान पत्र प्रदान गरिएको ।
सफलता तथा उपाधीहरु
– समर फेशन परेड २००० मिस बेवी ट्यालेन्टमा प्रथम ।
– वि.स. २०५९ सालमा भएको प्रतिभा प्रदर्शनी नृत्यमा प्रथम ।
– Dashai Kids Camp 2002 Escol द्वारा आयोजित कार्यक्रममा प्रथम ।
– च्यानल नेपालद्वारा “को बन्ने छ नेपाली नृत्य तारा” मा मकवानपुर जिल्लामा प्रथम ।
– २०६४ नेशनल प्याबसनद्वारा आयोजीत अन्तर विद्यालय नृत्य प्रतियोगीतामा प्रथम ।
– मकवानपुर कलिउड कला केन्द्रद्वारा संचालित “नारायणी साँस्कृतिक महोत्सव २०६६”मा एकल नृत्य प्रतियोगीतामा प्रथम ।
– कलाको कदर गर्दै सोलिड्यरिटी इन्टरनेशनल एकेडेमीद्वारा कक्षा ७ देखि १२ सम्म छात्रवृति प्रदान
– मातृभुमी नेपाल मार्केटिङ इन्टनेशनल प्रा.लि. रु ५ लाखको जिवन विमा साथै २ लाखको दुर्घटना विमा
– हेटौंडा स्कुल अफ म्यानेजमेन्ट द्वारा+२ स्नातक तह चौथो वर्ष सम्म छात्रवृति प्रदान ।
– “स्वादेश भित्र हराएको नागरिक” नामक वृत्तचित्रमा बालकलाकारको रुपमा सहभागी ।
– विद्यालयद्वारा आयोजित समुह नृत्य प्रतियोगीतामा प्रथम स्थान हासिल
– “बाल छहारी नेपाल” मकवानपुर द्वारा आयोजीत “मिस ट्यालेन्ट हन्ट” मा “मिस स्वीट” र “मिस नेचुरल ट्यालेन्ट” एवर्ड हासिल।
सहभागी भएको महत्वपूर्ण क्षणहरु
– राष्ट्रिय खाना तथा औधोगिक प्रदर्शन २०५८ मा नृत्य कलाकारको रुपमा सहभागी ।
– बेसो च्यानल वीरगंजद्वारा आयोजीत कार्यक्रममा अतिथि कलाकारको रुपमा नृत्यमा सहभागी ।
– हेडम्बा व्यायम मन्दिर द रेयुकाई नेपाल, श्री कृष्ण बालबाटिका, शान्ति टोल विकास संस्था आदि थुप्रै कार्यक्रममा अतिथि नृत्य कलाकारको रुपमा सहभागी ।
– “चितवन महोत्सव २०६५” पौष २५ देखि माघ ३ सम्म संचालन भएको साँस्कृतिक कार्यक्रममा अतिथि कलाकारको रुपमा सहभागी
– “मध्यमाञ्चल औद्योगीक व्यापार मेला २०६६” पौष २७ देखि माघ ३ गते सम्म संचालित साँकृतिक कार्यक्रममा अतिथि कलाकारको रुपमा सहभागी ।
– “ मध्यमाञ्चल औद्योगीक व्यापार मेला २०६८ सालमा संचालित साँस्कृतिक कार्यक्रममा अतिथि कलाकारको रुपमा सहभागी ।
– कृषि, पर्यटन व्यापार मेला थाहा महोत्सव २०७१ भाद्र २६ देखि असोज ४ गतेसम्म संचालित साँस्कृतिक कार्यक्रममा अतिथि कलाकारको रुपमा सहभागी ।
– राष्ट्रिय निर्माण व्यापार मेला २०७१ माघ ७ देखि १७ गतेसम्म संचालित साँस्कृतिक कार्यक्रममा अतिथि कलाकारको रुपमा सहभागी ।

(स्रोत - मेरो अनलाईनखबर डट कमका लागि प्रस्तुती दिपक सिंह रुम्बा सम्पर्क नं : ९८४५६७८७७१ ईमेल :dipakrumba417@gmail.com)
Powered by Blogger.