Header Ads

बलिउडमा स्थापित हुन दीपिकाले गरेको संघर्षको रामकहानी !

एजेन्सी । सात वर्षअघि फिल्म ‘ओम शान्ति ओम’बाट बलिउडमा डेब्यु गरेकी दीपीका पादुकोण छोटो समयमै करिअरको उच्च विन्दुमा पुग्न सफल भइन् । हुन त उनको डेब्यु नै जबर्जस्त रह्यो । पहिलो फिल्ममा उनले बलिउडकै बादशाह मानिने शाहरुख खानसँग स्क्रिन सेयर गर्ने मौका मात्रै पाइनन् ,बिरलै मिल्ने पहिलो फिल्ममै दाहोरो भूमिकामा देखिन पाइन् ।

फिल्म पनि चल्यो ,नायिका पनि त्यसपछि चलेको चल्यै भइन् । सन् २००६ मै कन्नड फिल्म ऐश्वर्या मार्फत फिल्म क्षेत्रमा आएकी भए पनि दीपिकाको बलिउड इन्ट्री सहज भने रहेन । खासमा उनको पहिलो फिल्म निर्माण हुन सकेन । संगीत चोरीको कथालाई लिएर बनाउन लागिएको फिल्म पाइरेटमा प्रीयदर्शनले दीपिकालाई ब्रेक दिनेवाला थिए ।

पछि दीपिकालाई सञ्जयलीला भान्सालीले बलिउड डेब्यु गराउने गरी नयाँ फिल्मको घोषणा गरे,साँवरिया । तर,यसपटक फिल्म त बन्यो,दीपिका अभागी रहिन् । उनको रोल पछि सञ्जयले अनिल कपुरपुत्री सोनामलाई डेब्यु गराए । यही कारण आजसम्म पनि यी दुई नायिकाबीच सुमधुर सम्बन्ध छैन ।

रणबीर कपुरसँग जोडी जमाएर साँवरिया खेल्ने दीपिकाको सपना पूरा नभए पनि फराह खानले तेस्रोपटकको प्रयासमा दीपिकालाई ओम शान्ति ओमबाट डेब्यु गराउन सफल भइन् । आखिर दीपिकाको पहिलो फिल्म साँवरियासँगै रिजिल भयो ।

सावँरिया ओम शान्ति ओमसँगको प्रतिष्पर्धामा नराम्रोसँग पछारियो । डेब्यु फिल्ममा अभिनय गर्न दिए पनि फराहले दीपिकालाई डबिङ भने गराएनन् ।-एजेन्सीको सहयोगमा
Powered by Blogger.