Header Ads

राष्ट्रपति यादब चीनको सान्यामा, अध्यक्ष प्रचण्ड आज फर्कदै

काठमाडौ । चीन प्रस्थान गर्नुभएका राष्ट्रपति डा. रामवरण यादव चीनको सान्यामा रहनु भएको छ । आज उहाँले सान्यास्थित ऐतिहाँसिक स्थलनको अवलोकन गर्ने कार्यक्रम रहेको छ । त्यहाँ उहाँले चिनिया अधिकारीहरुसँग छलफल पनि गर्नु हुनेछ ।

 हिजो सान्याको फिनिक्स अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त प्रान्तका प्रान्तीय उप—गभर्नर र चीनका लागि नेपाली राजदूत महेशकुमार मास्केले स्वागत गर्नुभएको थियो । राष्ट्रपति डाक्टर रामवरण यादव एसियाका लागि बोआओ मञ्चको वार्षिक सम्मेलनमा भागलिने सिलसिलामा चीन जानु भएको हो ।

 भ्रमणका क्रममा राष्ट्रपति यादव र चीनका राष्ट्रपति सी जिनपिङबीच चीनको हैनानमा हुने द्विपक्षीय भेटवार्ताका क्रममा विशेष आर्थिक प्याकेजको घोषणा हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

 चीनले नेपाललाई कोदारी राजमार्गको स्तरोन्नतिलगायत पूर्वाधार निर्माणका लागि १४ अर्ब ३० करोड रुपैयाँ बराबरको आर्थिक प्याकेज दिने भएको हो । यसैबीच चीन भ्रमणमा रहनु भएका एकीकृत माओवादकिा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भने आज स्वदेश फर्किने उहाँको सचिवालयले जनाएको छ ।
Powered by Blogger.