Header Ads

दुखेको जिउ सन्चो पार्न खोज्दा दुई दम्पत्तीको ज्यानै गयो

पोखरा, चैत्र ९ । जिउ दुखेको सन्चो पार्न पुवामा निरमसी मिसाएर खाँदा कास्कीको हेम्जामा शनिबार दुई वृद्व दम्पत्तीको ज्यान गएको छ ।

 पोखरा–२७ हेम्जाका ६२ वर्षीय बलवहादुर केसी र उनकी ५७ वर्षीया पत्नी लक्ष्मीले औषधिको रुपमा निरमसी मिसाएको पुवा खाँदा दुबैको ज्यान गएको प्रहरीले जनाएको छ ।

 खाएको केही समयमै निरमसीको विषादीले गम्भीर विरामी भएका दुबैलाई उपचारको लागि चरक मेमोरियल अस्पतालमा लगेपछि मृत्यु भएको कास्कीका प्रहरी नायव उपरीक्षक केदार रजौरेले जानकारी दिए ।

 आइतबार पोष्टमार्टम गरिएको केसी दम्पत्तीको शव उनीहरुका सन्तान विदेशमा भएको अन्त्येष्टी हुन नसकेको प्रहरीले जनाएको छ ।
Powered by Blogger.