Header Ads

‘सेक्स भोक प्यास हो, जसलाई मेटाउन अति आवश्यक छ - मोडेल निलिमा

काठमाडौं । पछिल्लो समय म्युजिक बजारमा चर्चामा छिन् मोडेल निलिमा नगरकोटी । एकआध म्यूजिक भिडियोमा मोडलिङ गरेकी निलिमाको चर्चा सञ्चारमाध्यममा भइराखेको हुन्छ । ‘मायाले साह्रै रुवाउँदो रैछ’ बोलको म्यूजिक भिडियोले निलिमालाई अली बढी चर्चामा ल्याएको छ ।

उसो त यिनले मोडलिङ गरेको पहिलो गीत ‘प्रिया’को म्यूजिक भिडियोले पनि उनलाई नाम दिएको छ । परिचय दिएको छ । कालाकारिता गरेर बाँच्न नपुग्ने बुझेकी मोडेल निलिमाले यो क्षेत्र चर्चाका लागि रोजेकी बताईन् । ‘बाँच्नलाई छ केही अरुथोक नै गर्नुपर्छ, कलाकारिताले यहाँ कस्लाई बाँच्न पुगेको छ र ?’ उनले भनिन् । फेसबुक लगायतका सामाजिक संजालमा केही ‘हट’ फोटो सार्वजनिक गरे पनि कथाले माग्यो भन्दैमा नग्नता प्रदर्शन भने नगर्ने उनको अठोट छ ।

चर्चा र कलाकारितामा जम्नलाई उदांगो हुन तयार नभएको बताउने निलिमा थोरे तर राम्रा चलचित्रमा मात्रै हात हाल्ने योजनामा छिन् । अहिलेको कलाकारितामा केही पात्रले कलाकारितालाई हतियार बनाएर ‘बदनाम’ गरेको निलिमाले बताईन् । निलिमा आफू त्यसो नगर्ने बताउँछिन् । विद्यालयमा पढ्दादेखिनै यस क्षेत्रमा झुकाव भएकी उनी जीवनलाई संघर्ष, प्राप्ति र अनुभवको रुपमा बुझ्न खोज्छिन् । प्रेममा नपरेको दाबी गर्ने उनी अहिलेसम्म चाहेजस्तो युवा नपाएको बताउँछिन् ।
648 X 57 Px gif
भोक, प्यासजस्तै सेक्स पनि मानवीय जीवनको आवश्यकता भएको उनले बताईन् । उनले भनिन् ‘मानव जीवनमा सेक्स भोक प्यास जस्तै हो, जसलाई मेटाउन अति आवश्यक छ ।’ उनले आफूसँग सेक्स अनुभव नभएको दाबी समेत गरिन् । धेरैले आँखा जुधाएको, प्रलोभन र प्रयास गरेको स्वीकार्ने उनी अवसरको लागि सम्झौता नगर्ने अठोटमा छिन् । हाल उनी मोडलिङका रातदिन मेहनतमा छिन् । मेहनतले नै सफलता पाउने उनको दृढ विश्वास छ ।
Powered by Blogger.