Header Ads

मिति: वि.सं.२०७१ साल फागुन २७ गते । बुधबार । हेर्नुहोस तपाईको आज कस्तो छ ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) Aries :
पूर्वाह्न समय आनन्दमा बित्नेछ। मनोरञ्जनका वस्तुहरू लाभ हुनेछन्। गरेका काम र व्यापार–व्यवसायमा पनि राम्रै फाइदा हुनेछ। व्यावसायिक यात्रा सम्भावना छ। आतिथ्यपूर्ण सम्मान पनि पाइएला। मित्रता र प्रेमको बन्धन कसिनेछ। दिउँसो २:१७ बजेदेखि स्थिति अलि प्रतिकूल बन्न सक्छ। स्वास्थ्य, महत्वपूर्ण काम र आर्थिक गतिविधिमा सचेत रहनुहोला।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) Taurus :
काममा केही प्रतिस्पर्धा र चुनौती सामना गर्नपर्ला। तापनि, शत्रुहरूलाई तह लगाउन सकिनेछ। रोकिएका काम बन्नुका साथै धेरै योजना फलीभूत हुनेछन्। दिउँसो २:१७ बजेपछि व्यापारमा लाभ मिल्नेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइने समय छ। आम्दानी बढ्ने र फाइदा उठाउने समय छ। वैदेशिक यात्राको अवसर आउनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) Taurus :
पढाइलेखाइमा त्यत्ति ध्यान दिन नसकिएला। व्यापार व्यवसायमा समेत कममात्र फाइदा होला। धैर्यले काम लिने समय छ। अप्रिय समाचारले खिन्नता बढ्ला। पशुपालन तथा कृषि क्षेत्रमा सामान्य मात्र लाभ मिल्नेछ। बौद्धिक प्रतिस्पर्धामा कमजोर भइनेछ। अपराह्नबाट प्रतिष्ठित काम सुरु गर्ने मौका छ। प्रतिस्पर्धा गरेरै अधिकार स्थापित गर्न सकिने समय छ।
कर्कट(हि, हु, हे, हो, डा, डि, डु, डे, डो) Cancer :
विगतका निर्णयले केही अप्ठ्यारोमा परिने देखिन्छ। परिवारजनको सहयोगले फाइदा लिन सकिनेछ। तर, साथीभाइसँग प्रतिस्पर्धाको वातावरण बन्नेछ। मान्यजनसँग पनि असमझदारी बढ्ला। तापनि कमी–कमजोरीलाई सुधार गर्न सकिनेछ। अपराह्नदेखि आफ्नो प्रतिभा अरूलाई देखाउन सकिनेछ। व्यापार, पशुधन र जमिनको कारोबारबाट लाभ हुनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) Leo :
उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। प्रतिस्पर्धी परास्त होलान्। आम्दानी राम्रैगरी बढ्नेछ। सहयोगीहरूले पनि साथ दिनेछन् र काममा सोचेजस्तै सफलता मिल्नेछ। पराक्रम र उत्साह बढ्नेछ। नयाँ, रचनात्मक काममा हात हाल्ने समय छ। दिउँसो २ः१७ बजेपछि भने विश्वासपात्रले धोका दिन सक्छन्। घरपरिवारमा असमझदारी बढ्ने र काम रोकिने सम्भावना छ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) Virgo :
आर्थिक क्रियाकलापमा सोचेको फाइदा नउठ्न सक्छ। लेनदेनमा हानि र अनावश्यक वादविवादमा परिने समय छ। विचारलाई पनि तौलेर मात्र व्यक्त गर्न बुद्धिमानी हुनेछ। काममा केही बाधा देखिएलान्। तापनि, प्रयत्न गर्दा अपराह्न २ः१७ बजेदेखि समय फलदायी रहनेछ। प्रतिस्पर्धी परास्त हुनुका साथै रोकिएका काम बन्नेछन् र व्यावसायिक काममा फाइदा हुनेछ।
तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) Libra :
विभिन्न अवसर पाइने समय छ। तर, सोचेको काम समयमा सम्पादन गर्न नसकिने र अवसर फुत्कने सम्भावना देखिन्छ। सहयोगी वा हितैसी जनले तपाईंको कमजोरीप्रति टिप्पणी वा गुनासो गर्न सक्छन्, सचेत रहनुहोस्। अलि द्विविधामा परिने र निर्णायक क्षमतामा कमी आउने र अस्वस्थताको योग छ। धैर्यसाथ निरन्तरको प्रयत्नले मात्र फाइदा हुने देखिन्छ।
वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) Scorpio :
प्रतिस्पर्धामा केही कमजोर भइनेछ। काममा आलस्य र खर्चको मात्रा बढ्ने देखिन्छ। व्यवसायमा पनि लगानी बढाउनुपर्ला। आफ्नै कमजोरीले विवादमा परिने योग छ, सचेत रहनुहोस्। आफन्तबाट समेत टाढिनुपर्ने समय छ। वैदेशिक क्षेत्रबाट सामान्य लाभ हुनेछ। अपराह्नबाट स्थितिमा सुधार आउला। साँझतिर नयाँ काम सुरु गर्ने मौका छ। आत्मबल पनि बढ्नेछ।
धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) Sagittarius :
गरेका कामबाट प्रशस्त धन लाभ हुनेछ। श्रमको उचित मूल्यांकन होला। पढाइलेखाइमा प्रगति हुनेछ। समय उत्साहवर्द्धक रहला। नयाँ ज्ञान प्राप्त हुने योग छ। अपराह्न २:१७ बजेदेखि काममा बाधा, अनावश्यक खर्च बढ्ने र केही नोक्सानीको समय छ। भएको आम्दानी र सञ्चित रकम समेत खर्च हुन सक्छ। स्थान परिवर्तन वा टाढाको यात्रा हुने योग छ।
मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) Capricorn :
आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्ने योग छ। मातापिताको सहयोग प्राप्त होला। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। अपराह्नबाट आम्दानी बढ्ने र व्यापारमा पनि प्रशस्त फाइदा हुने देखिन्छ। कीर्तिमानी काम सम्पादन गर्ने समय छ।
कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) Aquarius :
अस्वस्थता अनुभूति हुनेछ र पनि अरूका कामको समेत बोझ उठाउनुपर्ला। अरूका काममा समय बित्न सक्छ। सानातिना काममा महत्वपूर्ण समय खर्चनुपर्ला। सहयोगको आशा देखाउनेहरूले धोका देलान्, सचेत रहनुहोस्। दिउँसो २:१७ बजेदेखि कर्मसिद्धि र प्रतिष्ठा पाइने योग छ। रोकिएका काम बन्न थाल्नेछन्। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ।
मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) Pisces :
स्वास्थ्य कमजोर रहनाले काम समेत अवरुद्ध बन्ने योग छ। सहयोगीहरूले हात झिक्न सक्छन्। सानातिना काम र घरेलु समस्यामा अल्झनुपर्ला। आत्मबलमा कमी आउनुका साथै डरले सताउने समय छ। अपराह्न २:१७ बजेपछि प्रयत्न गर्दा रोकिएका काम बन्न सक्छन्। अस्वस्थताका बीच थप कामको जिम्मेवारी आइलाग्नेछ। केही चुनौती पनि सामना गर्नुपर्ला।
© Copyright : baralguru, All Rights Reserved.
Powered by Blogger.